यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र हैन कसैले पनि बहिस्कृत सम्झनु भएन  : नरोत्तम बैद्य

यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र हैन कसैले पनि बहिस्कृत सम्झनु भएन  : नरोत्तम बैद्य

काठमाडौं (पहिचान) पुस १९ – प्रदेश नम्बर ३ का लागि निर्वाचित सांसद नरोत्तम बैद्यले यौनिक तथा लैंगिक अल्पसंख्यकले भेदभावको सामना गर्ने अवस्थाको अन्य हुनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा काठमाडौं क्षेत्रनम्बर ४ अन्तर्गतको १ बाट निर्वाचित सांसद बैद्यले यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र नभएर नागरिकका विषयमा विभेद नैं हुन नहुने बताएका हुन् ।

‘यौनिक तथा  लैंगिक अल्पसंख्यक मात्र हैन, कुनै नागरिकले पनि बहिस्करणमा परेको महसुस गर्नुहुँदैन,’ बैद्यले भने, ‘झन समलिंगी तेस्रोलिंगी त पहिले देखि नैं बहिस्करणमा परेकाले अब उनीहरुलाई विशेष संरक्षण आवश्यक छ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफ्ना विषय संबोधनका लागि निरन्तर वकालत गर्नुपर्ने बताए । ‘सरोकारवाला समुदायले आफ्ना आवाज उठाएनन् भने नीति निर्मातालाई समस्याको बोध नहुन सक्छ, र त्यस्ता विषयको संबोधन छुट्न सक्छ,’ बैद्यले भने ।
लामो समय पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष भएर काम गरेका बैद्यले धर्म र अध्यात्मले पनि कसैमाथि पनि विभेद नगर्ने शिक्षा दिएको भन्दै मानिस मानिसबीच हुने विभेद असभ्यताको परिचायक भएको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.