रुवेल र रुवी व्युटी पार्लर तालिम लिदै

रुवेल र रुवी व्युटी पार्लर तालिम लिदै

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) पुस २६ – यौनिक तथा लैंगिक अल्पसख्यक समुदायका व्यक्ति आत्मनिर्भर हुने सिपमुलक काममा अग्रसर भएका छन् । समुदायका सदस्य रुवेल सुनुवार र रुवी लामाले पार्लर सिक्न सुरुवात गरेका छन् । ओरेज व्यूटि पार्लरमा पार्लर सिकिरहेका रुवेल र रुवी भन्छन् “समाजको लाञ्छना र विभेद कम गर्न र आफनो इच्छा मेकअपमै भएकोले पनि यतातिर लागेका हौ । यसबाट मनग्य आमदानी त नहोला तर आत्म सन्तुष्टि भने अवस्य मिल्नेछ । ”

पार्लर सिकेर आफ्नै समुदायका साथीहरुलाइ मेकअपमा सहयोग गर्ने र सिक्न चाहनेलाइ पनि दक्ष बनाउने सोच सहित उनीहरुले पार्लर सुरुवात गरेका हुन् ।

ओरेन्ज व्यूटि पार्लरकी एस्तर भोलन भन्छिन् “ मैले चार वर्षको दौरानमा धेरै महिलालाइ सिकाए । अहिले उहाँहरु आउनु भएको छ, उहाँहरुलाई सिकाउनु मेरो पहिलो अनुभव रहनेछ । मलाइ लाग्छ उहाँहरु सिकाइको भोको हुनुहुन्छ मैले जे सिकाए सहर्ष ग्रहण गर्नुहुन्छ ।”

राज्य र समाजबाट अझै विभेद भोगिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु यसरी आत्मनिर्भर हुने काममा अग्रसर हुनु समाजका लागि उदाहरणिय भएको सरोकारवालहरुले वताएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.