यौनिक अल्पसंख्यकको अभियान्ता बन्ने मिष्टर गे हेन्डसम मनिलको रहर

यौनिक अल्पसंख्यकको अभियान्ता बन्ने मिष्टर गे हेन्डसम मनिलको रहर

काठमाडौं (पहिचान) पुस २७ – मिष्टर गे ह्याण्डसम २०१७ का विजयी मनिल सिंह समलिंगी पुरुष भनेर त्यही दिन खुले जुन दिन उनले मिष्टर गे ह्याण्डसम २०१७ को टाइटल जिते ।

उनको परिवारलाई उनी समलिंगी हुन् भन्ने थाहा थियो वा थिएन स्वयम उनैलाई थाहा थिएन । भन्छन्, मलाई पनि थाहा छैन, मेरो परिवारले म समलिंगी हुँ भनेर थाहा पाएको थियो वा थिएन । तर मलाइ लाग्छ, जुन बेला कक्षा ७ मा पढ्दै थिए त्यतिवला नै मैले मेरो यौनिकता थाहा पाएको थिए ।

उनका आफन्तले पनि उनले मिष्टर गे ह्याण्डसम २०१७ मा भाग लिएर प्रतियोगितामा जिते पछि मात्रै थाहा पाए । फोन गरेर बधाई दिए ।
उनलाई आफ्नो यौनिकता सुनाउँदै हिँड्ने विषय नभएका कारण आफूले कसैलाई पनि नभनेको मनिल बताउँछन् ।

उनी प्रेम सम्बन्धमा छन् । आफू जस्तै केटा साथीसँग उनको अफेयर छ । तर विवाह कहिले गर्छु भन्ने सोचिसकेका छैनन् ।

मनिल अहिले एचआईभी रोकथाम, उपचार तथा हेरचाह सम्बन्धी प्रोजेक्टमा काम गर्छन् । अब भने उनको काम गर्ने दायरा फराकिलो भएको छ । उनलाई समाजले चिन्न थालेको छ । काम गर्न सजिलो हुन थालेको उनले महसुस गर्न थालेका छन् ।

उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा काम गर्दै अभियन्ता बन्ने रहर छ । मिष्टर गे ह्याण्डसम २०१७ को उपाधी उचाले पनि उनले यो क्षेत्रमा काम गर्ने अठोट पनि गरिसकेका छन् । भन्छन्, अब म यौनिक तथा लैंगिक समुदायको अधिकारका लागि काम गर्छु, अभियान्ता बनेर यो समुदायको अधिकार स्थापित गनै अरुलाई पनि संगठित गर्छु ।

मोडलिंगको क्षेत्रमा आफू खासै इन्टरटेन गर्न नचाहे पनि अधिकारका क्षेत्रमा काम गर्न सजिलो होस् भनेर आएको उनको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.