अधिकार विहिनहरुको एकिकृत अभियान हुनुपर्छ : अमर तिमल्सिना

अधिकार विहिनहरुको एकिकृत अभियान हुनुपर्छ : अमर तिमल्सिना

काठमाडौं (पहिचान) पुस २८ – एसोसिएसन फर आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले अधिकार विहिन व्यक्तिहरुको सामूहिक आवाज बन्नु पर्ने वताएका छन् । रेडियो कार्यक्रम पहिचानमा कुराकानी गर्दै अध्यक्ष तिमल्सिनाले अधिकार विहिन व्यक्तिहरु हातेमालो गरेर अगाडि बढ्नु पर्ने समयकै माग भइसकेको वताए ।

“हामी एकजुट भएर अगाडि गयौ भने हाम्रो शक्ति बलियो हुन्छ उनले भने सरकार पनि सुन्न बाध्य हुन्छ। यो समयको माग भइसकेको छ । ” कुष्ठप्रभावित व्यक्तिहरुको अधिकारको आवाज उठाउँदै आएको आइडिया नेपालका अध्यक्ष तिमल्सिनाले कुष्ठप्रभावित व्यक्तिहरुको बारेमा जनचेतना जगाउन यौनिक तथा लैंगिक अल्पसंख्यकले भूमिका निर्वाह गर्न सक्ने वताए ।

उनले सबै व्यक्तिहरु यही समाजका व्यक्ति भएको भन्दै लिंगको आधारमा कसैलाई पनि भेदभाव गर्नु नहुने वताए । उनले समलिंगी तेस्रोलिंगी अन्तरलिंगी सबैलाई समान अवसर दिनुपर्नेमा जोड दिए । “पहिला कुष्ठरोगबाट पीडितको आवाज कहि पनि सुनिएको थिएन उनले भने दवाव दिदाँ दिदै बल्ल अहिले सुन्न खोजिएको हो कि भन्ने आभाष भएको छ ।”

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निराश नभई अधिकार प्राप्तिको अभियानमा लागिरहन उनले सुझाव दिए । उनले कुष्ठप्रभावितको क्षेत्रमा जनचेतना फैलाउने काममा यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी भए स्वागत गर्ने वताए ।

अध्यक्ष तिमल्सिनाका अनुसार नेपालमा कुष्ठप्रभावितको संख्या २ लाख पुगेको छ भने हरेक बर्ष ३ हजार नयाँ कुष्ठरोगी थपिने गरेका छन् । औषधी खाए निको हुने कुष्ठरोगबारे समाजमा रहेको भ्रम अन्त्य हुनुपर्नेमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.