तेस्रोलिंगी अवान्तिकालाई नेपाल रोल मोडलमा फष्ट रनरअपको उपाधी

तेस्रोलिंगी अवान्तिकालाई नेपाल रोल मोडलमा फष्ट रनरअपको उपाधी

रुपन्देही (पहिचान) माघ १ – तेस्रोलिंगी अवान्तिका घर्तीले नेपाल रोल मोडलमा फष्ट रनरअपको उपाधी जितेकी छन् । रुपन्देहीको बुटवलमा भएको नेपाल रोल मोडल प्रतियोगितामा सहभागी २१ जना प्रतिष्पर्धी मध्ये एक जना तेस्रोलिंगी घर्तीले महिला तर्फको फष्ट रनरअपको उपाधी जितेकी हुन् ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा फेसनबारे सकारात्मक सन्देश दिन भएको नेपाल रोल मोडलको महिला तर्फको उपाधी स्वस्तिका खड्काले हात पारिन । यस्तै पुरुष तर्फ फष्ट रनरअप अमुल पाण्डे भए भने उपाधी विश्वास क्षेत्रीले जिते ।

प्रतियोगितामा शुभकामना दिदै बुटवल उपमहानगरपालिकाका बरिष्ट अधिकृत दामोदर ज्ञवालीले समाजमा रहेको भ्रम अन्त्यका लागि जनचेतना जगाउन यस्ता कार्यक्रमको प्रभाव हुने वताए । तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले महिला पुरुषले गर्ने कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई पनि भेदभाव नगरी समावेश गरे समाजमा रहेको भ्रम अन्त्य गर्न मद्धत पुग्ने वताइन ।

नेपाल रोल मोडल नाम दिइएको प्रतियोगितामा सहभागीहरुलाई एक महिना प्रशिक्षण दिइएको थियो । प्रतियोगिताको निर्णायक भूमिकामा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ पनि थिइन । प्रतियोगितामा उपाधी बिजेतालाई ५० हजार, फष्ट रनरअपलाई ३० हजार र सेकेन्ड रनरअपलाई १५ हजार नगद पुरस्कार दिइएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.