रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक, समलिंगी विवाहलाई मान्यता दिन माग

रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक, समलिंगी विवाहलाई मान्यता दिन माग

रुपन्देही (पहिचान) माघ ६ – रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक नील हिरा समाजको सम्पर्कमा आएका छन् । नील हिरा समाजले भैरहवामा पत्रकारसँग गरेको अन्तरक्रियामा समाजको शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानले अहिलेसम्म ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको जानकारी दिएकी हुन् ।

रोजीरोटीको समस्याका कारण रुपन्देहीमा खुल्नेको संख्या धेरै भएपनि धेरै विदेश जाने गरेको वताइन । मेधशी समुदायमा सानै उमेरमा विवाह गरिदिदाँ झन समस्या आउने गरेको न्यौपानेको भनाई छ ।

तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसारको नागरिकता मात्रै दिएर अरु अधिकारबाट आफ्नो समुदायलाई राज्यले बञ्चित गराएको वताइन । उनले विरामी भएर उपचार गराउन अस्पताल जादाँ समेत विभेदमा परेको वताइन ।

नेपाल रोल मोडमा फष्ट रनरअपको उपाधी पाएकी अवान्तिका घर्तीले समाजको हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको वताइन ।

११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर बस्न नपाएको वताए । उनले आफूलाई घरमा सबैले स्वीकारेको वताउँदै समलिंगी विवाह गरेर धर्मसन्तान राख्न पाउनेसम्मको कानुन बनाउन राज्यलाई दवाव दिनु पर्ने वताए । सुमन ११ बर्षदेखि बिष्णु माया चेपाङसँग समलिंगी सम्वबन्धमा छन् ।

१२ बर्षदेखि समलिंगी सम्वबन्धमा रहेका विनोद विसीले पोखराबाट आफूसँग भागेर आएकी महिलाको परिवारले आफ्नो परिवारलाई नै मानवबेचखिन विरुद्धको मुद्धा हालेको वताइन । विसीले कानुन नबन्दा धेरै हण्डर खेप्नु परेको वताए । विनोद अहिले गुल्लीकी पूजा थापासँगको समलिंगी सम्बन्धमा छन् । सुसरालीमा आउ जाउ भइरहेको वताउँदै विसीले अहिले धेरै राम्रो भइरहेको सुनाए । तर, कानुन नबन्दा समलिंगी विवाह गरेर धर्मसन्तान राख्न नपाएको विसीको भनाई छ ।

तेस्रोलिंगी शाहबुद्धिन खाँले सानै उमेर विवाह भएकाले अहिले लुकीछिपी महिला व्यवहार देखाउने गरेको वताए । अर्काकी छोरीको भविष्य हेरेर परिवारमा खुल्न नसकेको उनले वताए ।

अन्तरक्रियामा पत्रकारहरुले कानुन कार्यान्वयनमा दवाव दिन सुझाव दिए । उनीहरुले समाजमा रचनात्मक काम गरे समाजमा रहेको भ्रम अन्त्य हुने वताए । रुपन्देहीमा तीन जना तेस्रोलिंगी विभिन्न मिडियामा कार्यरत रहेका छन् ।

तेस्रोलिंगी आनिक राना बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोता छिन भने बिनोद विसी रुपन्देही एफ एममा समाचार बाचन गर्छन । अर्का एक जना रेडियो लुम्बिनीमा कार्यरत छन् । पत्रकारितामा लागेका उनीहरुले आफूहरुलाई प्रेस क्लव रुपन्देहीको सदस्यता दिन आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.