मोडल लाइक अ स्टार सेसन २ को उपाधी सुशान्त क्षेत्रीलाई, मिष्टर गे हेन्डसमका बेष्ट लुक्स कार्तिक क्षेत्री भए फष्ट रनर अप

मोडल लाइक अ स्टार सेसन २ को उपाधी सुशान्त क्षेत्रीलाई, मिष्टर गे हेन्डसमका बेष्ट लुक्स कार्तिक क्षेत्री भए फष्ट रनर अप

काठमाडौं (पहिचान) माघ १३ – मोडल लाइक अ स्टार सेसन २ को उपाधी सुशान्त क्षेत्री र निशा मगरले जितेका छन् । काठमाडौंमा भएको मोडल लाइक अ स्टार सेसन २ को उपाधी क्षेत्री र मगरले जितेका हुन् ।

यस्तै फष्ट रनर अपको उपाधी कार्तिक क्षेत्री र रविना थापा मगरले हात पारेका छन् । मिष्टर गे हेन्डसम २०१७ मा बेष्ट लुक्सको उपाधी पाएका क्षेत्रीले मोडल लाइक अ स्टार सेसन २ मा फष्ट रनर अपको उपाधी जितेका हुन् । उनले मोेडल लाइक अ स्टार सेसन २ मा फोटो जेनिकको उपाधी पनि पाए ।

यस्तै सेकेन्ड रनर अपको उपाधी अरिन तामाङ र सिने तामाङले जितेका छन । सेसन २ का प्रतिष्पर्धीलाई फेसन डिजाइनर यनी लामाले फेसन डिजाइन उपलब्ध गराएकी थिइन । निर्णायकको भूमिकामा दीपेश भण्डारी, चन्द्र महर्जन, सुष्मा महरा लगायत थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.