समलिंगी विषयक चलचित्र ‘म होइन म’ लाई युट्युबमा ४७ लाख भ्युज, हलमा प्रदर्शन नभएकाले बन्न पाएन जनमत

समलिंगी विषयक चलचित्र ‘म होइन म’ लाई युट्युबमा ४७ लाख भ्युज, हलमा प्रदर्शन नभएकाले बन्न पाएन जनमत

काठमाडौं (पहिचान) माघ १४ – समलिंगी विषयलाई मुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ युट्युबमा ४७ लाखले हेरेका छन् । इलम दिक्षीतले निर्देशन गरेको चलचित्र यो समाचार तयार पार्दासम्म ४७ लाख ९३ हजारभन्दा धेरै पटक हेरिएको छ ।

१९ मार्च २०१७ मा युट्युबमा अपलोड गरिएको चलचित्रमा ब्यबसायिक चलचित्रमा अभिनय गर्ने कलाकार देखि साहित्यकार सम्मले अभिनय गरेका छन् ।
११ हजार सब्सक्राइबर रहेको युट्यु च्यानलबाट अपलोड गरिएको चलचित्रको भ्यू निकै राम्रो रहेको पाइएको छ ।

चलचित्र ‘म होइन म’ केही फिल्म फेष्टिबलमा बाहेक ब्यबसायिक रुपमा सिनेमा घरहरुमा प्रदर्शन गरिएको छैन । समलिंगी तेस्रोलिंगीको अधिकारका लागि १७ वर्षदेखी काम गर्दै आएको संस्था नील हिरा समाजले सामाजमा चेतना फैल्याउने लक्ष्यले उक्त चलचित्र बनाएको हो ।

विभिन्न कार्यक्रम तथा गोष्टिहरुमा उक्त चलचित्र समाजले देखाउँदै आएको छ । चलचित्र ‘म होइन म’ ले समलिंगी व्यक्तिलाई जवरजस्ती विपरितलिंगीसँग विवाह गरिदिँदा त्यसले दुबै व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई देखाइएको छ । चलचित्रले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने सन्देश बोल्छ ।
आर्ट मुभी अन्तरगत बनेको चलचित्र ‘म होइन म’ नेपालमा समलिंगी सम्बन्धलाई लिएर बनेको पहिलो फिचर फिल्म हो ।

यो चलचित्रलाई लिएर नेपाली आम दर्शकले के भन्थे र यसको सन्देशलाई नकारात्मक रुपमा लिन्थे वा सकारात्मक रुपमा लिन्थे त्यो भने हलमा प्रदर्शन नभएकाले नील हिरा समाजले जनमत बुझ्न पाएन । यस्तै चलचित्र समीक्षकहरुले यसबारे कस्तो समीक्षा गर्थे त्यो पनि समाजले थाहा पाउन सकेन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.