कान्छी निर्देशक आकाशलाई प्रश्नः भूमिकालाई चलचित्रमा किन खेलाउनु भयो ?

कान्छी निर्देशक आकाशलाई प्रश्नः भूमिकालाई चलचित्रमा किन खेलाउनु भयो ?

काठमाडौं/पहिचान –

‘कान्छी’ मा तेस्रोलिंगी (भूमिका श्रेष्ठ) लाई पनि राम्रो रोल दिनुभएको छ भन्ने कुराहरु आइरहेका छन्, किन लिनु भयो उनलाई ?

सबै नागरिक समान हुन् र तेस्रोलिंगी पनि हामी जस्तै बराबर हुन् भन्ने मलाई लाग्छ । सबैको कानुनी अधिकार एउटै हो । अधिकारका हिसाबले सबैको समान हक हुनुपर्छ जस्तो लाग्छ । त्यसैले मैले उनलाई स्थान दिएको हुँ ।

तेस्रोलिंगी भन्नेबित्तिकै सबैभन्दा पहिला सेक्ससँग जोडेर हेरिन्छ । यौन रुपमा अराजक हुन्छ भन्ने टिप्पणी हुन्छ । हो रहेछ ?

यस्ता कुराहरु सञ्चारमाध्यममा आउँछन् । तर यसमा सत्यता छैन । मेरो सेटमा सबैभन्दा इमान्दार र टाइममा आइपुग्ने भनेकै भूमिका हो । चलचित्रमा काम गर्दा उनी जत्तिको इमान्दार कमै मान्छे भेटेको छु मैले ।

यौनरुपमा अराजक हुन्छ र बदमास हुन्छन् भन्ने कुरामा मेरो केही फरक धारणा छ । राज्यले पहिला इज्जतका साथ बाँच्न दिनुपर्छ । समाजले महिला पुरुषसरह समान व्यवहार गर्ने र रोजगारीको अवसर दिने हो भने सायद उनीहरु पनि अन्य महिला पुरुषसरह समान हुन्थे होला । कतिपय कुराहरु बाध्यताले पनि गरिन्छ, त्यसैले पहिला समान अधिकार हुनुपर्छ अनि मात्रै अरुसँग तुलना गरियो भने सायद राम्रो हुन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.