निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तरुण दलको केन्द्रीय समितिले पूर्णता पाउदा कम्तिमा एकजना तेस्रोलिंगी केन्द्रीय सदस्य बन्छन् : भूपेन्द्रजंग शाही

तरुण दलको केन्द्रीय समितिले पूर्णता पाउदा कम्तिमा एकजना तेस्रोलिंगी केन्द्रीय सदस्य बन्छन् : भूपेन्द्रजंग शाही

651
SHARES

काठमाडौं (पहिचान) माघ १६ – नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले नेपाल तरुण दलको केन्द्रीय समितिले पूर्णता पाउँदा तेस्रोलिंगी पनि केन्दीय सदस्य बन्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा महासचिव शाहीले तरुण दलको विधानमै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई ल्याउने व्यवस्था भएकाले अबको केन्द्रीय समिति समावेसी बन्ने बताए ।

‘नेपाल तरुण दलको विधानले नैं यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि प्रतिनिधित्वको व्यवस्था गरेको छ,’ शाहीले भने, ‘त्यसैले तरुण दलको केन्द्रीय समिति विस्तार हुँदा समलिंगी तेस्रोलिंगीको पनि प्रतिनिधित्व हुनेछ ।’ उनले तरुण दलको विधानले सबैलाई समेट्न समावेसी प्रतिनिधित्वको व्यवस्था गरेपनि नेतृत्वले केन्द्रीय समिति विस्तारमै ढिलाई गरिदिदा संगठन जिबन्त बन्न गाह्रो भएको गुनासो गरे ।

‘तरुण दलले नेपालको संविधान अनुकुल हुने गरि आफ्नो विधान त बनाएको छ तर, त्यसलाई कार्यान्वयन गर्न पार्टी नेतृत्वले केन्द्रीय समिति विस्तारको निर्णय गर्नुपर्ने जरुरी छ,’ शाहीले भने, ‘नेतृत्वले काम नगरिदिदा हामीले यौनिक तथा लैंगिक अल्पसंख्यकसहित थुप्रै समुदायको अपेक्ष पुरा गर्न सकेकौ छैेनौं । संगठनलाई समेत सशक्त बनाएर हाक्न अप्ठेरो भएको छ ।’ उनले आफ्नो तर्फबाट नेताहरुको ध्यानाकर्षण गराइरहेको भन्दै अब चाडै केन्द्रीय समिति विस्तार हुने विश्वास व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्
651
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.