प्रतियोगीले भने, म तेस्रोलिंगी हुन चाहन्छु, दर्शकको हाँसोले उपहास गर्यो (हेर्नुहोस भिडियो )

प्रतियोगीले भने, म तेस्रोलिंगी हुन चाहन्छु, दर्शकको हाँसोले उपहास गर्यो (हेर्नुहोस भिडियो )

काठमाडौं (पहिचान) माघ १६ –  माघ १३ गते काठमाडौंमा ‘मोडल लाइक अ स्टार सेसन—२’ चलिरहेको थियो । टाइटलका लागि प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका थिए । निर्णायकको कुर्षीबाट दीपेश भण्डारीले प्रश्न सोधे तपाईं अर्को जुनी लिएर जन्मनु भयो भने कुन लिंग लिएर जन्मन चहानुहुन्छ ?

प्रश्न गर्दा दशर्क दीर्घाबाट हाँसो छुटिरहेको थियो ।

प्रश्न सोधिएको प्रतियोगी नम्बर ३ लाई । उनले उत्तर दिन सुरु गरे, ‘यदी अर्को जुनी हुन्छ र मान्छेको पुर्नजन्म हुन्छ भने म तेस्रोलिंगी भएर जन्मन चाहन्छु । किन भने नेपालमा तेस्रोलिंगीलाई विभेद हुन्छ । त्यो विभेदको सामना गर्दै म त्यसलाई अन्त्य गर्न चहान्छु । त्यसैले म अर्को जुनीमा तेस्रोलिंगी भएर जन्मन चहान्छु ।

सहभागीले खुलेर तेस्रोलिंगी हुन चाहन्छु भने पनि उनले प्रष्टसँग जवाफ भने दिन सकेका थिएनन् । लाग्थ्यो उनलाई तेस्रोलिंगी समस्यामा छन् भन्ने थाहा थियो तर त्यसबारे पूर्ण जानकारी थिएन । त्यसैले उनले जवाफ दिदाँ दिदै बीचमै रोकिए । उनको पुर्नजन्म भएको खण्डमा रोजेको लिंगका कारण दर्शक हाँसेकाले पनि उनी केही नर्भस फिल गरिरहेका थिए ।

उनले तेस्रोलिंगी हुन चाहन्छु भने, दर्शक हाँसे । त्यो हाँसो केवल रमाइलोका लागि थिएन । त्यो त तेस्रोलिंगीलाई समाजले कसरी हेर्छ भन्ने हाम्रो समाजको प्रतिनिधित्वको नांगो हाँसो थियो । जुन अवस्थाको परिवर्तनका लागि भन्दै नील हिरा समाजले अधिकारका लागि काम गर्दै आएको छ ।

उक्त प्रतियोगिताको उपाधी सुशान्त क्षेत्रीले जिते भने मिष्टर गे हेन्डसम २०१७ का बेष्ट लुक्स कात्र्तिक क्षेत्री फष्ट रनर अप भएका थिए ।

हेर्नुहोस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.