‘तेस्रोलिंगीलाई माया गर्छु’

‘तेस्रोलिंगीलाई माया गर्छु’

काठमाडौं (पहिचान) माघ १८ – मोडल अपेक्षा बस्यालले समलिंगी तेस्रोलिंगीलाई आफूले सधै सम्मान गरेको बताएकी छन् । सबै नागरिक समान रहेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यक पनि महिला पुरुष सरह समान रहेको उनको भनाइ छ ।

“सबै नागरिक समान हुन् । महिला पुरुषभन्दा उहांहरु फरक हुनहुन्छ भन्ने मलाई लाग्दैन,” उनी भन्छिन्, “त्यसैले म त समान व्यबहार गर्छु । मेरो जस्तै अरुले पनि समान रुपले हेरिदिए पुग्छ ।”

मोडलिङको क्षेत्रमा समलिंगी तेस्रोलिंगी धेरै रहेको भन्दै उनले आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले संधै सहयोग गर्ने गरेको बताइन् । “समलिंगी तेस्रोलिंगी मेरो साथी पनि हुनुहुन्छ । उहांहरुले मलाई धेरै माया गर्नुहुन्छ,” उनी भन्छिन् “म पनि उहांहरुलाई माया गर्छु ।”

राज्यले अरु नागरिक सरह समलिंगी तेस्रोलिंगीलाई पनि अधिकार दिनुपर्ने बस्यालको धारणा छ । “सबै नागरिक समान हुन् र राज्यका नजरमा समलिंगी तेस्रोलिंगी पनि समान हुन् भने उनीहरुले पनि महिला पुरुष सरह समान अधिकार दिनुपर्छ ।”

फरक पहिचान भएकै कारण समलिंगी तेस्रोलिंगीलाई फरक व्यबहार गरिनु नाजायज भएको मोडल बस्याल धारणा राख्छिन् ।

https://www.youtube.com/watch?v=oEdh-Y6lwWA

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.