भूमिका फिचरिङ गीत ‘चरी चट्ट परि…’ करोड क्लबमा

भूमिका फिचरिङ गीत ‘चरी चट्ट परि…’ करोड क्लबमा

काठमाडौं (पहिचान) माघ १८ – चलचित्र ‘कान्छी’ को गीतले ‘चरी चट्ट परि…’ युट्युबमा एक करोड पटकभन्दा धेरै हेरिएको छ । ३ महिना अगाडि युट्युब च्यानलमा अपलोड गरिएको गीत करोड भन्दा धेरै पटक हेरिएको हो ।
राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीत अन्जु पन्तले पनि गाएकी छन् ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई, श्वेता खड्का, प्रज्वलसुजल गिरी र भूमिका श्रेष्ठले अभिनय गरेका छन् ।

भूमिका श्रेष्ठ तेस्रोलिंगी अधिकारकर्मी समेत हुन् । उनले चलचित्र ‘कान्छी’ मा लिड रोलमा रहेकी स्वेता खड्काको साथीको रुपमा अभिनय गरेकी छन् । तेस्रोलिंगीको रोलमा स्वयम तेस्रोलिंगीलाई लामो रोलमा फिचर गरिएको यो पहिलो पटक हो ।
स्वेता खड्काको निर्माण रहेको चलचित्र फागुन ४ मा रिलिज हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.