तेस्रोलिंगीका अधिकार र उनीहरुमाथिका विभेद विरुद्ध पनि लड्छौं : एसपी साह सारथी

तेस्रोलिंगीका अधिकार र उनीहरुमाथिका विभेद विरुद्ध पनि लड्छौं : एसपी साह सारथी

747
SHARES

काठमाडौं (पहिचान) माघ २० – जनता दरवार अभियानका अध्यक्ष एसपी साह सारथीले भ्रष्टाचार विरोधी अभियानसँगै समलिंगी तेस्रोलिंगीहरुको अधिकारका लागि पनि लड्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष सारथीले नागरिकमाथिको विभेद पनि एक प्रकारले भ्रष्टाचार नै भएको भन्दै भ्रष्टाचार विरोधी अभियानसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका लागि पनि लड्ने बताए ।

‘कुनै पनि नागरिकलाई जैविक र सामाजिक आवश्यकता पुरा गर्ने नैसर्गिक अधिकार हो, त्यो अधिकारमा कसैले पनि प्रश्न उठाउन सक्दैन,’ सारथीले भने, ‘यदी कसैले अव पनि प्रश्न उठाउँछ भने जनता दरवार अभियान त्यसविरुद्ध लड्न जान्छ ।’ उनले भ्रष्टाचार गर्ने कसैलाई पनि अभियानले नछोड्ने बताए । ‘भ्रष्टाचार गर्ने र त्यसकै जगमा कसैले गुण्डागर्दी गर्छ भने हामी पनि गुण्डा बन्न तयार छौं,’ सारथिले चेतावनी दिए, ‘अब भ्रष्टाचार गर्नेहरुले अख्तियारमा घुस खुवाएर उम्कन्छु भन्ने नसोचे हुन्छ, जनता दरवारले कसैलाई छोड्दैन ।’

यौनिक तथा लैंगिक अल्पसंख्यकले पनि अधिकारका लागि सचेत भएर आउनुपर्ने भन्दै उनले आफूहरुसँग आएमा अभियानसँगै जोडेर अधिकारकोे आन्दोलन अघि बढाउने बताए । जनता दरवार अभियान राजनीतिक उद्धेश्यसहितको अभियान हो । यसले राजनीतिक दल र तीनका नेताले सार्वजनिक लाभका पदमा बसेर गरेको नीतिगत भ्रष्टाचार तथा भौतिक भ्रष्टाचारको भण्डाफोर गर्दै जनमत निर्माणको उद्धेश्य राखेको छ ।

समाचार शेयर गर्नुहोस्
747
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.