यौनिक अल्पसंख्यक समुदायबारे हाजिरी जवाफ प्रतियोगिता

यौनिक अल्पसंख्यक समुदायबारे हाजिरी जवाफ प्रतियोगिता

कैलाली (पहिचान) माघ २२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे प्रश्न तयार पारेर हाजिरीजवाफ प्रातियोगिता संचालन गरिएको छ । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा एचआईभी एड्स र सामान्य ज्ञानबारे हाजिरी जवाफ प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

निर्णयमण्लमा समाजका अध्यक्ष आशिका चौधरी र उपाध्यक्ष करुणा नेपाल थिए भने बिरेन्द्र चौधरी र राज चौधरीले प्रश्न सोधेका थिए । हाजिरीजवाफ प्रातियोगितामा एचआइभी एड्स र सामान्य ज्ञानको बरेमा सही उत्तर आए पनि समलिंगी, तेस्रोलिंगी अन्तरलिंगी समुदायका बारेमा सहि उत्तर आएन । सही उत्तर नआए पछि चौधरीले यो समुदायको बारेमा धेरैले नबुझेको बताइन ।

कार्यक्रम सकेपछि विद्यार्थीहरुले यौनिक तथा लैंंगिक अल्पसंख्यकबारे जिज्ञास राखे ।

विद्यार्थी विनोद चौधरीले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीका बारेमा जानकारी र यो कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । त्यस्तै गरि कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले पनि आफु खुशी रहेको र आउने दिनमा पनि यस्ता प्रकारका कार्यक्रमको आयोजना गर्न सुझाव दिए । हाजिरीजवाफ प्रातियोगितामा ३ समुह रहेका थिए । प्रतियोगितामा पहिलो हुने समूहलाई डायरी र कलम वितरण गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.