दुई दिन देखि सम्पर्क विहिन शिल्पाको फेसबुक स्टाटस अपडेट

दुई दिन देखि सम्पर्क विहिन शिल्पाको फेसबुक स्टाटस अपडेट

काठमाडौं (पहिचान) माघ २४ – राष्ट्रिय सभा सदस्यको लविङमा लागेकी तेस्रोलिंगी अधिकारकर्मी शिल्पा चौधरीले दुई दिन पछि फेसबुक स्टाटस अपडेट गरेकी छन् । फेसबुक स्टाटस लेखेपनि त्यसमा गरिएको कमेन्टको उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

उनले घरमा कसैलाई थाहा नभएको, दुई दिनदेखि बेहोस भएको र बल्ल होस खुलेको भनेर फेसबुकमा पोष्टिएकी छन् । उनले स्टाटसमा सम्पर्कका लागि राखेको नम्वर उनको नजिकको साथीको भएको खुलेको छ । तर त्यो नम्वर बाहक उनको साथी भने शिल्पाको खोजीमा लागिरहेका छन् ।

नील हिरा समाजको शाखा कार्यालय दाङमा कार्यरत शिल्पा नेपालगंजमा एउटा मानवअधिकार सम्वन्धी कार्यक्रम सकेर दाङको घोराही फर्किदै गर्दा दुई दिनदेखि सम्पर्क विहिन भएकी हुन् । शिल्पा सम्पर्क विहिन भएको भन्दै खोजी गरिदिन शाखा कार्यालय दाङले हिजो जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दिएको छ ।

शिल्पाको मोवाइल स्वीचअफ भएको र कसैले पनि कतै नदेखेको भने पछि खोजी गरिदिन प्रशासनमा समाजको शाखा कार्यालय दाङले उजुरी दिएको हो । प्रशासनमा उजुरी दिएकै दिन शिल्पाले आफ्नो फेसबुक वालमा आफू अस्पतालमा रहेको पोष्ट गरेकी हुन् ।

उनले फेसबुकमा लखनउको अस्पतालमा भर्ना भएको पोष्टिएकी छन् । तर, कुन अस्पताल भन्ने चाहि उनले फेसबुकमा लेखेकी छैनन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.