संविधानले आफै काम गर्दैन, यौनिक तथा लैंगिक अल्पसंख्यकले दवाव दिनुपर्छ : लक्ष्मणलाल कर्ण

संविधानले आफै काम गर्दैन, यौनिक तथा लैंगिक अल्पसंख्यकले दवाव दिनुपर्छ : लक्ष्मणलाल कर्ण

576
SHARES

काठमाडौं (पहिचान) माघ २७ – राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले संविधानले लेखिदिएका अधिकार समेत राजनीतिक नेतृत्वको इच्छाशक्तिको अभावमा कार्यान्वयन हुन नसकेको बताएका छन् । पहिचानसँगको कुरानीमा वरिष्ठ नेता कर्णले यौनिक तथा लैंगिक अल्पसंख्यकसहित धेरै नयाँ अधिकार पाएका समुहका अधिकार राजनीतिक नेतृत्वको इच्छाशक्तिका कारण कार्यान्वयन हुन नसकेको बताए ।

‘संविधानले त यौनिक तथा लैंगिक अल्पसंख्यकसहित मुस्लिम, थारु, जनजाति र आदिवासीहरुको मुद्धामा संविधानले लेखिसकेका विषयमा समेत अधिकार स्थापित हुने र त्यसको कार्यान्वयन हुने अवस्था निर्माण भएको छैन, अर्कातिर मधेसीले अन्तरिम संविधानमा पाएको अधिकार समेत यही शासकहरुले खोसेको छ,’ कर्णले भने, ‘यो शासकहरुको इच्छाशक्तिको अभावले भएको हो ।’ उनले शासकहरुले जहिलेपनि अधिकार नदिन खोज्ने भन्दै त्यस्तो अवस्थामा अधिकार चाहिने समुह आफै संघर्षमा उत्रनुपर्ने बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकले अव फेरी अधिकारका लागि एकपटक संघर्ष गर्नुपर्ने देखिन्छ,’ कर्णले भने, ‘त्यसो भयो भने मौलिक हकमा रहेका अधिकार कानुनमार्फत समयमा कार्यान्वयन होलान् ।’ उनले सबै नागरिकले अधिकार पाएपछि देशको विकास पनि सहज रुपमा अघि बढ्ने बताए ।

‘जस्तो भएपनि प्रकृतिको उपहारलाई अस्वीकार गर्न कसैले पनि सक्दैन,’ कर्णले भने, ‘समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी पनि प्रकृतिकै उत्पादन र उनीहरुको स्वभाव पनि प्रकृतिले दिएकोले त्यसलाई अस्वीकार गर्न नसकिने बताए ।

समाचार शेयर गर्नुहोस्
576
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.