राहदानी बनाउन प्रशासन पुगेका तेस्रोलिंगीलाई कर्मचारीको हैरानी

राहदानी बनाउन प्रशासन पुगेका तेस्रोलिंगीलाई कर्मचारीको हैरानी

काठमाडौं (पहिचान) माघ २८ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले तेस्रोलिंगीलाई नागरिकता अनुसार राहदानी बनाउने काममा हैरानी दिएको छ । राहदानी बनाउन प्रशासन कार्यालय काठमाडौं पुगेकी तेस्रोलिंगी रुविना सरगमलाई कर्मचारीले हैरानी दिएका हुन् ।

नागरिकताको फोटोमा भएको तस्विर अहिलेको तस्विरसँग नमिल्ने भन्दै प्रशासनका कर्मचारीले नागरिकता नै फालिदिएर तेस्रोलिंगीको मानवअधिकार हनन गरेको तेस्रोलिंगी अधिकारकर्मी स्वस्तिका लामाले वताइन । “हामी रुविनाको नागरिकता अनुसारको राहदानी बनाउन आएका थियौ स्वस्तिकाले भनिन्, राहदानी फाँटका कर्मचारीले यो नागरिकता भएको मान्छेको राहदानी बन्दैन भनेर झ्यालबाटै फालिदिए ।”

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको गैरजिम्मेवारी पनको विरोध समेत गरिन । उनको विरोध पछि अरु कर्मचारी आएर तपाईको राहदानी बन्छ उहाँले तपाईहरुलाई बुझ्नु भएन भनेर नागरिकता लिएर राहदानी प्रक्रिया सुरु गरेको स्वस्तिकाले जानकारी दिइन ।

यसबारे प्रमूख जिल्ला अधिकारी केदारनाथ शर्माले सोधपुछ गर्ने वताए । “म एउटा कार्यक्रममा बाहिर थिए भरखरै आइपुगेको छु शर्माले भने, के भएको रहेछ म बुझ्छु ।”

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.