फागुन १३ गतेदेखि ‘जिउँदो आकाश’ नाटक मञ्चन हुँदै

फागुन १३ गतेदेखि ‘जिउँदो आकाश’ नाटक मञ्चन हुँदै

काठमाडौं (पहिचान) फागुन ५ – तेस्रोलिंगी पनि आम मान्छे जस्तै हुन भन्ने सन्देश दिने नाटक ‘जिउँदो आकाश’ फेरी मञ्चन हुने भएको छ । सर्वनाम थिएटरमा फागुन १३ गतेदेखि १९ गतेसम्म ‘जिउँदो आकाश’ नाटक मञ्चन हुन लागेको हो । डाँफे थिएटरको पहिलो प्रस्तुति यो नाटक चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् ।

यो नाटकका निर्देशक आर के मेहता रोशन हुन भने तेस्रोलिंगीको अभियन कलाकार अनिल शुब्बाले गरेका छन् । रोशनलले ‘किन यस्तो म ?’ नाटकमा तेस्रोलिंगीको भूमिकामा काम गरिसकेका छन् । तर, त्यो नाटक चाहेजति विषय उठान गर्न पर्याप्त नभएकाले यो नाटक जन्मिएको रोशनले वताए ।

पहिचानसँगको कुराकानीमा उनले नेपालमा तेस्रोलिंगीको विषयमा नियमित मञ्चन गरिएको यो पहिलो नाटक भएको वताए । ‘जिउँदो आकाश’ २०७३ जेठ २९ गते नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको नाट्य महोत्सवमा दोलखाको चरीकोटमा मञ्चन भएको थियो ।

“तेस्रोलिंगीले पनि आममान्छेजस्तै जन्म लिने हुन् रोशनले भने, तर सामाजिक चेतनास्तर कमजोर भएका कारण उनीहरू अन्य सरह स्वतन्त्र भएर बाँच्न पाइरहेका छैनन् ।” यही बर्षको साउनमा सर्वनाम थिएटरमा यो नाटक मञ्चन भएको थियो ।

कलाकार अनिल शुब्बाले समलिंगी तेस्रोलिंगीको अभियनय गर्ने अनुरोध आउँदा सुरुमा डर लागेको सुनाए । “सुरुमा आफै माथि डाउट लागिरहेको थियो, कलाकार भएर सोच्दा फरक काम गरौ भन्ने लाग्छ उनले भने, के गर्ने कसरी गर्ने भन्ने डर डर लागेको थियो ।”

उनले पाँच दिनसम्म कोठाबाट बाहिर ननिस्की तेस्रोलिंगीको अभियन गरेको वताए । उनले अहिले पनि पहिलाको जस्तो नहुने पो कि भन्ने डर भने लागिरहेको वताए ।

निर्देशक आर के मेहता रोशनले तेस्रोलिंगी समाजकै एउटा पाटो भएको भन्दै घुलमिल भएर बस्नु पने वर्ता । हामी देउता त होइनौ नि ? मंगलग्रहबाट आएको कुरा पनि होइन नि उनले भने, यो त पृथ्वीकै कुरा हो । जो पनि हुन सक्छ । पहिला आफूले आफूलाई स्वीकार गर्नु पर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.