‘जिउँदो आकाश’ पुनः मञ्चन

‘जिउँदो आकाश’ पुनः मञ्चन

काठमाडौं (पहिचान) फागुन १३ – नाटक ‘जिउँदो आकाश’ दोस्रोपटक मञ्चन सुरु भएको छ । सर्वनाम थिएटरमा ‘जिउँदो आकाश’ को दोस्रोपटक मञ्चन सुरु भएको हो ।
नाटक फागुन १९ गतेसम्म प्रदर्शन हुनेछ । डाँफे थिएटरको पहिलो प्रस्तुति नाटक ‘जिउँदो आकाश’ चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् ।

आर के मेहता रोशनले निर्देशन गरेको नाटकमा अनिल शुब्बाले अभिनय गरेका छन् । यो नाटकमा सुब्बा एक्लो कलाकार हुन् ।

तेस्रोलिंगीको विषय नाटकको मुख्य कथा रहेको निर्देशक मेहताले जानकारी दिए ।

यसअघि नाटक ‘जिउँदो आकाश’ यही वर्षको साउनमा सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.