आनिक ! ऊ भनुँ वा उनी …

आनिक ! ऊ भनुँ वा उनी …

पहिचान –
उनी भनुँ वा ऊ ?
न उनी महिला हुन
न ऊ पुरुष हो ।
समाजले दिएको पहिचान यस्तै
पहिचानको दौडमा लिगलिग उक्लिदै छ
परिचयको खोजीमा सगरमाथा चढ्दै छ ।
जीवन सादा पाना जस्तै
न उनी आफै लेख्न सक्छिन्
न ऊ आफै लेख्न सक्छ ।
उसलाई चिन्नेहरु धेरै छन
उनलाई नचिन्ने अझै धेरै छन्
चिन्नेहरुले उसलाई हल्का चिनेका छन्
नचिन्नेहरुले उनलाई झन् धेरै चिनेका छन् ।।
आफूलाई चिन्न नभ्याउँदै
आमाले छाडिन् संसारबाट
बाबा पराइकै भए कान्छी आमासंगै
निकाले घरबाटै पराइ ठानेर ।
सहारा आफै
वेसाहारा जीवन बोकेर
एक ओत लाउने कहाँ ?
एक मुख जोर्ने कता ?
एक आङ् ढाक्ने कसरी ?
एक्लो जीवन बाँच्ने कसरी ?
यस्तै प्रश्नका भारी बोकेका आनिक !
टुसाएका थिए मनमा अनेक भावहरु
पलाएका थिए अनेक विचारहरु
मौलाउन नपाउँदै
मरे कति आशाहरु
बिलाए कति रहरहरु
आज आनिक
आगो हो
घाम हो
जून हो
पोल्छ विपरित विचारलाई : आगो हो
डढाल्छ अगतिशील यात्राहरुलाई : घाम हो
सहारा दिन्छ, आफू जस्तैलाई : जून हो
आनिक
शीतको थोपा मात्र होइन
नदीको प्रवाह हो
जीवनको यात्रामा एकोहोरो दौडि रहेको देख्छु
भेटाउन जीवनको गन्तब्य रुवरुप समुद्र
थाहा छैन
कहाँ पुगेर
कहिलेसम्म
कसरी ?
म देखि रहेछु
आनिक
सतिसाल बनेर उभिदै गरेको
अथक जीवन यात्री बनेर हिडि रहेको
थाहा छैन
म ऊ भनुँ वा उनी
लक्ष्य दूर छ
पाउने कोशिशमा जीवन स्वरुप गुलावलाई
काँडा त सुरक्षा हो
गुलाव त सुन्दरता हो
सुन्दरताको अर्को नाम आनिक !

( दल बहादुर गुरुङले तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाका लागि लेख्नु भएको यो सिर्जना तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.