यौनिक तथा लैंगिक अल्पसंख्यकको होली (तस्विर सहित)

यौनिक तथा लैंगिक अल्पसंख्यकको होली (तस्विर सहित)

काठमाडौं (पहिचान) फागुन १८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले उल्लासका साथ होली पर्व मनाएका छन् । अरु समयमा भन्दा चाड पर्वमा खुलेर प्रस्तुत हुन पाउदाँ उत्साहित हुने समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समुदायका व्यक्तिले उल्लासका साथ होली अर्थात फागु पर्व मनाएका हुन् ।

रङहरुको पर्व होलीका अवसरमा देशका विभिन्न ठाउँमा रहेका समुदायका सदस्यले अरु महिला पुरुष सरह अधिकारका लागि हकदार छौं भनेर होली पर्व मनाएका हुन् । पर्वका अवसरमा समूह समूहमा भेला भएर विभिन्न ठाउँमा रङ लगाइएका तस्विर उनीहरुले सामाजिक संजालमा पोष्ट गरेका छन् । एक अर्कालाई शुभकामना दिदै उनीहरुले होली मनाएका तस्विर सामाजिक संजालमा पोष्ट गरेका हुन् ।

गाइजात्राको अवसरमा भने देशभर रहेका समुदायका सदस्यलाई एकै ठाउँमा भेला पारेर नील हिरा समाजले हरेक बर्ष गाइजात्रा महोत्सव नै गर्दै आएको छ । गाइजात्रा सँगसँगै तिजमा नाचगान गर्ने र होलीमा रङ खेल्ने समूदायका सदस्यहरुले बर्षौदेखि राज्यसँग अधिकार माग्दै आएका छन् ।

आफ्नो समुदायको अधिकार कागजमा लेखिएपनि व्यवहारमा कार्यान्वयनमा नआउँदा समस्या जस्ताको त्यस्तै रहेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ वताउछिन् । लेखिएका अधिकार कार्यान्वयनका लागि समाजले निरन्तर खवरदारी गरिरहेको गुरुङको भनाई छ । होली पर्वमा यौनिक तथा लैंगिक अल्पसंख्यकको समाविशिताले समाजलाई थप संवेदनशील बनाउने तथा समुदायमा संगठित बनाउन टेवा पुर्‍याउने समाजकी अध्यक्ष गुरुङको विश्वास छ ।

सामाजिक संजालमा पोष्ट भएका केही तस्विर :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.