यौनिक अल्पसंख्यकको अधिकारका लागि सबैले आवाज उठाउनु पर्छ : बस्याल

यौनिक अल्पसंख्यकको अधिकारका लागि सबैले आवाज उठाउनु पर्छ : बस्याल

684
SHARES

रुपन्देही (पहिचान) फागुन २५ – महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमूख शारदा बस्यालले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हरेक किसिमका कार्यक्रम सहभागी गराउनु पर्ने वताएका छन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रदेश नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा बस्यालले उनीहरु पनि यही देशका अभिन्न अंग भएको भन्दै तेस्रोलिंगी समुदायलाई अरु महिला पुरुष सरह समाजमा हुने हरेक किसिमका र्याली, दिवसहरुमा सहभागी गराउनुपर्ने वताएका हुन् ।

उनीहरुको अधिकारको लागि सबैले आवाज उठाउनुपर्ने बस्यालले वताए । दिवसको अवसरमा भएको र्याली पछिको कोण सभामा नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपाने, नमुना एकिकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल, पत्रकार महासंघ रुपन्देहीकी उपध्याक्ष निरु गौतम लगायतले बोलेका थिए ।

देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी महिलाले सहभागीता जनाएर अधिकार प्राप्तिको अभियानमा एक्यवद्धता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्
684
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.