समलिंगी तेस्रोलिंगीले खुलेर आफ्नो पहिचान दिनु पर्छ : कलाउनी

समलिंगी तेस्रोलिंगीले खुलेर आफ्नो पहिचान दिनु पर्छ : कलाउनी

991
SHARES

कैलाली (पहिचान) चैत्र ५ – नव किरण प्लसका संयोजक सशांक कलाउनीले खुलेर समाजमा पहिचान आफ्नो पहिचान बनाउन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सुझाव दिएका छन् । आफूले समाजमा महिला, पुरुष भन्दा फरक पहिचान भएका व्यक्ति छन भन्ने थाहा पाएको वताउँदै उनले खुलेर आउन समुदायका व्यक्तिलाई सुझाव दिएका हुन् । “नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाज पनि पाटनर संस्था हो उनले भने, हामी संगै काम गरेर यो समुदायलाई सहयोग गरिरहेका छौ ।”

कलाउनीले समाजमा समलिंगी तेस्रोलिंगी व्यक्तिलाइ हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको वताए । “अझै पनि बाटोमा हिड्दा जिस्काउने, हेर्न आउने, यो समुदायसंग बोल्नु हुदैन संगत गर्नु हुदैन भन्ने मानसिकता अझै पनि मान्छेमा रहेको छ उनले भने यस्ता मानसिकता हटाउन समलिंगी तेस्रोलिंगीले खुलेर आफ्नो पहिचान दिन जरुरी छ ।”

नव किरण प्लसले एचआइभी संक्रमितलाई स्वास्थ्यमा सुधार ल्याउन आफ्नो एक हप्ता देखि चौध्र दिनसम्म राख्ने गरको कलाउनीको भनाई छ । महिला, पुरुष बाहेक एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगी समुदायका पाँच जनाले नव किरण प्लसबाट सेवा पाइसकेको कलाउनीले जानकारी दिए ।

कलाउनीले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष जस्तै व्यक्ति हुन र उनीहरुलाई विभेद गर्न नहुने चेतना जगाउन विभिन्न संघ संस्था साथै संचारमाध्यम पनि लाग्नु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
991
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.