तराईमा समलिंगी तेस्रोलिंगी जवरजस्ती विवाह गर्न बाध्य

तराईमा समलिंगी तेस्रोलिंगी जवरजस्ती विवाह गर्न बाध्य

799
SHARES

सर्लाही (पहिचान) चैत १२ – नील हिरा समाजको शाखा कार्यालय सर्लाहीका कार्यक्रम संयोजक नग्मा खानले तराईमा धेरै समलिंगी तेस्रोलिंगी जवरजस्ती विवाह गर्न बाध्य भएको बताएका छन् । सर्लाहीको पर्सा गाउँ पालिकामा मैथली भाषाको पहुँच घर घरमे कार्यक्रममा खानले छोराको चाहना नबुझी बुबा आमाको चाहनामा जवरजस्ती विवाह गर्ने समलिंगी तेस्रोलिंगी धेरै रहेको वताएका हुन् ।

मैथली भाषामा बालविवाह दाइजो, घरेलु हिंसा विरुद्धमा गाउँ गाउँमा जनचेतना मुलक कार्यक्रम लिएर पर्सा गाउँपालिका पुगेका खानले आफ्नो इच्छा अनुसार विवाह गर्न नपाउँदा विपरितलिंगी महिलाको जीवन समेत वर्वाद हुने गरेको वताए । त्यसरी जवरजस्ती विवाह गरेका महिला घरेलु हिंसामा समेत पर्ने गरेका उनको भनाई छ ।

“छोराको के चाहना छ भन्ने बाबु आमाले बुझ्दैनन खानले भने, बाबु आमाको इच्छा अनुसार धेरै तेस्रोलिंगीले जवरजस्ती विपरितलिंगी महिलासँग विवाह गर्नु पर्छ यसले त विवाह गरेर आउने महिलाको जीवन बर्बाद हुन्छ ।” एकातिर समलिंगी तेस्रोलिंगी आफ्नै पीडामा हुने र विवाह गरेर भित्रयाएकी श्रीमती पनि अर्कैसँग विवाह गरेर जादाँ दोहोरो पीडा सहनु पर्ने उनले वताए ।

समलिंगी तेस्रोलिंगी दोहोरो पीडामा छन् उनले भने समलिंगी विवाहलाई राज्यले कानुन बनाएर मान्यता दिए यो पीडा अन्त्य हुन्थ्यो । उनले समलिंगी तेस्रोलिंगीको विवाहलाई कानुनी मान्यता दिए तराईमा रहेको समुदायको समस्या धेरै कम हुने वताए । तराईमा अहिले मुश्लिम समुदायमा यौनिक तथा लैंगिक अल्पसंख्यक सन्तान भए घरबाटै लाञ्छना र विभेद सुरु हुने खानले वताए ।

बागमती सेवा समाज र सर्च फर कमन ग्रायण्डले घरेलु, हिंसा, वालविवाह र दाइजो प्रथा अन्त्य गर्न सर्लाहीको पर्सा गाउँपालिकामा भएको कार्यक्रमको नग्मा खान संयोजक थिए ।

समाचार शेयर गर्नुहोस्
799
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.