झापामा ५ हजार समलिंगी तेस्रोलिंगी, सय जोडी रिलेशनशीपमा

झापामा ५ हजार समलिंगी तेस्रोलिंगी, सय जोडी रिलेशनशीपमा

झापा (पहिचान) चैत १२ – झापामा ५ हजार समलिंगी तस्रोलिंगी नील हिरा समाजको शाखा कार्यालय दमकको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका मध्ये २ हजार ६ सय भन्दा धेरै आफ्नो पहिचान सहित समाजमा खुलेका दमककी कार्यक्रम संयोजक चञ्चला नुमा लिम्बुले जानकारी दिइन ।

पहिचानसँग कुरा गर्दै नुमाले खुलेर आएका मध्ये सय भन्दा धेरै जोडी रिलेशनशीपमा रहेको वताइन । उनले बजेट र कार्यक्रमको अभावमा लक्षित वर्गसम्म पुग्न नसकिएको गुनासो गरिन । खुलेर आउन राज्यले कुनै प्रोत्साहन हुने काम गरेको छैन चञ्चलाले भनिन्, दातृ निकायबाट आउने सिमित सहयोगले लक्षित वर्गसम्म कार्यक्रम लिएर जान सकिएको छैन । दमकमा सन् २००९ मा नील हिरा समाजको शाखा कार्यालय स्थापना भएको हो ।

“सुरुमा र अहिले आकाश पातालको फरक छ उनले भनिन्, यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा लिएर विभिन्न समितिमा सहभागी समेत गराउन थालिएको छ ।” स्थानीय तहले धेरै कम रकम विनियोजन गर्दा पनि कार्यक्रमलाई लक्षित बर्गमा पुर्याउन कठिन भइरहेको उनको भनाई छ ।

प्रदेश नम्वर १ को झापाकी कार्यक्रम संयोजक चञ्चलाले प्रदेश सरकारले उचित कानुन बनाएर यो समुदायलाई सम्बोधन गर्नु पर्ने वताइन । राज्यले आरक्षणको व्यवस्था गर्नु पर्ने उनको भनाई छ । समलिंगी विवाहलाई मान्यता दिने कानुन बनाउने पनि उनले माग गरिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.