मधेशमा घर घरमै समलिंगी तेस्रोलिंगी, बाध्यताले लुकेर बस्न बाध्य

मधेशमा घर घरमै समलिंगी तेस्रोलिंगी, बाध्यताले लुकेर बस्न बाध्य

बारा (पहिचान) चैत १३ – तराई मधेशमा घर घरमा समलिंगी तेस्रोलिंगी रहेका नील हिरा समाज बाराले जनाएको छ । घर घरमा समुदायका सदस्य भएपनि घर परिवारको विभेदका कारण उनीहरु लुकेर बस्न बाध्य भएको तेस्रोलिंगी अधिकारकर्मी पूर्णिमा श्रेष्ठले वताइन । पहिचानसँग कुरा गर्दै श्रेष्ठले बारा जिल्लामा मात्रै ३५ सय समलिंगी तेस्रोलिंगी सम्पर्कमा आएको जानकारी दिइन ।

तर, घर, परिवारको डरले ९० जनाले मात्रै आफ्नो खुलाएको उनले वताइन । “समलिंगी तेस्रोलिंगी हो भन्ने वित्तिकै घरबाट निकाल्ने, कुटपिट गर्ने, जवरजस्ती विवाह गरिदिने गर्छन नील हिरा समाज बाराकी कार्यक्रम संयोजक समेत रहेकी अधिकारकर्मी श्रेष्ठले भनिन्, यस्तो अवस्थामा को खुलेर आउन सक्छ ?”

उनले राज्यलाई समलिंगी विवाहको कानुन बनाउन माग समेत गरिन । धर्म सन्तान राख्न पाउने र अंश समेत लिन पाउने व्यवस्था गरेर समलिंगी विवाहको कानुन बन्नु पर्ने वताइन । “महिला र पुरुषले जस्तै विवाह गर्न पाउनु पर्छ उनले भनिन्, सम्बन्ध विछोड हुँदा अंशबण्डा समेतको व्यवस्था त्यो कानुनमा हुनुपर्छ ।”

उनले लोक सेवा आयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि आरक्षणको व्यवस्था हुनु पर्ने माग गरिन् । “राज्यले आरक्षण नदिदाँ बढे पनि नपढे जस्तो गरेर बस्नु परेको छ श्रेष्ठले भनिन्, आरक्षणको व्यवस्था भए नील हिरा समाजको मात्रै भर परेर बस्नु पर्दैनथ्यो, लोक सेवामा लडेर जागिर खान्थ्यौ ।”

नील हिरा समाज बारालाई जिल्ला विकास समिति बाराले १ लाख र कलैया उपमहानगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । यो सहयोगमा २० जना समलिंगी तेस्रोलिंगीलाई अगरवत्ती बनाउने तालिम र २० जनालाई क्षमता वृद्धिका लागि नेतृत्व विकासको तालिम दिएको कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले जानकारी दिइन । त्यही सहयोगले जनचेतना मुलक सांस्कृतिक कार्यक्रम समेत गरेको उनले वताइन ।

श्रेष्ठका अनुसार सन् २००९ मा बारामा स्थापना भएको नील हिरा समाजको जनचेतना मुलक कार्यक्रमकै कारण खुलेर आएका समुदायका सदस्यलाई समाजमा सकारात्मक दृष्टिकोणले हेर्न थालिएको छ । र ३५ सय सम्पर्कमा । बाहिर बुझे जस्तो गर्छन उनले भनिन्, पछाडि के के गर्छन थाहा भएन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.