सचिव अधिकारीलाई पितृ शोक

सचिव अधिकारीलाई पितृ शोक

काठमाडौ (पहिचान) चैत १६ – नील हिरा समाजका सचिव प्रदीप अधिकारीका ७५ बर्षिय बुबा प्रकाश बहादुर अधिकारीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित अधिकारीको उपचारका क्रममा अस्पतालमै निधन भएको हो । उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

समाजका सचिव अधिकारीका बुबाको निधनमा समाजकी अध्यक्ष पिंक गुरुङले आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरिन । मृत आत्मा शान्तिको कामना गर्दै अध्यक्ष गुरुङले परिवारमा समवेदना व्यक्त गरिन ।

गुरुङसँग गएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले पनि मृत आत्मा शान्तिको कामना गर्दै समाजका सचिव प्रदीप अधिकारको परिवारमा समवेदना व्यक्त गरे । सचिव अधिकारी बुबा प्रकाशबहादुरका एक्ला छोरा हुन् । उनका तीन जना दिदी मध्ये अहिले दुई जना मात्रै छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.