निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नागरिकका सबै अधिकार दिएपछि समलिंगीलाई विवाहको अधिकार किन नदिने ? : एमाले सांसद भट्टराईको प्रश्न

नागरिकका सबै अधिकार दिएपछि समलिंगीलाई विवाहको अधिकार किन नदिने ? : एमाले सांसद भट्टराईको प्रश्न

892
SHARES

काठमाडौं (पहिचान) चैत १८ – राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले नागरिकलाई समान अधिकार दिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा एमाले सांसद भट्टराईले कुनै पनि नागरिकलाई नागरिक भइसकेपछि सबै अधिकार उपभोग गर्ने अधिकार रहेको बताए ।

‘कुनैपनि नागरिकलाई नागरिक भइसकेपछि कुनैपनि अधिकारबाट राज्यले बञ्चित गर्न सक्दैन, उसको पहिचान वा विशेषता चाहे जे सुकै किन नहोस,’ भट्टराईले प्रश्न गरे, ‘नागरिकका सबै अधिकार दिएपछि समलिंगीलाई विवाहको अधिकार मात्र किन नदिने ?’ उनले नागरिकले अधिकार उपभोग गर्दा अरुका अधिकारको ख्याल गरिनुपर्ने भन्दै समाजको विवाहको मान्यतामा कुनै असर नगर्ने गरी समलिंगी तेस्रोलिंगीलाई विवाहको अधिकार दिनुपर्ने बताए ।

‘समलिंगी तेस्रोलिंगीहरुले पनि विवाहसम्बन्धी मान्यता र उनीहरुका आवश्यकता दुबैको संबोधन हुनेगरी अध्ययन गर्न सहयोग गर्नुपर्छ,’ सांसद भट्टराईले भने, ‘सरकार र सांसदले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको विवाहको अधिकार सुनिश्चित गरेर समाजिक मूल्य मान्यतामा असर नपर्ने गरी गम्भीर अध्ययन गर्नुपर्छ ।’ उनले सरकारले अन्तराष्ट्रिय अभ्यास र यहाँको आवश्यकताबारे अध्ययन गरेपनि अव समाजिक सांस्कृतिक प्रभावको मूल्यांकनका लागि थप अध्ययन गरेर छिटोभन्दा छिटो विवाहको अधिकार दिनुपर्ने बताए ।

‘संसदले कानुन बनाउन सरकारले विधेयक संसदमा लैजानुपर्ने हुन्छ, त्यसका लागि समलिंगी तेस्रोलिंगी अन्तरलिंगीहरुले सरकारलाई दवाव दिनु र प्रभावित पार्नेगरी सरकारलाई बुझाउन आवश्यक छ,’ उनले भने, ‘अधिकार प्राप्त गर्ने समुदाय चुप बस्यो भने अधिकार ढिलो मात्र प्राप्त हुन सक्छ ।’

समाचार शेयर गर्नुहोस्
892
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.