सोचमा परिवर्तन ल्याउन सुदुरपश्चिम समाजको आग्रह

सोचमा परिवर्तन ल्याउन सुदुरपश्चिम समाजको आग्रह

702
SHARES

कैलाली (पहिचान) चैत्र २२ – महिला मञ्च कैलालीले गरेको कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले नृत्य प्रस्तुत गरेका छन् । लोकतान्त्रिक गणतन्त्र नेपालको मुल आधार महिलाको आफ्नो शरिर, श्रम र पहिचानमा आफ्नो अधिकार भन्ने नाराका साथ महिला मञ्चले गरेको कार्यक्रममा समुदायका सदस्यले आ आफ्नो नृत्य प्रस्तुत गरेका हुन् ।

नृत्य प्रस्तुती पछि तेस्रोलिंगी परिले पितृसतात्मक सोचका कारणले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय स्थापित हुन नसकेको वताइन । विभिन्न किसिमका अपच शब्दको प्रयोग, मनोरञ्जनका रुपमा मात्र हेरेकोले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलाउन डराउने गरको उनले वताइन ।

“समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु पनि हुन्छन् र यी व्यक्ति कस्ता हुन्छन् भन्ने सोचका मान्छेहरु यो समुदायका दुख पीडाको बिषयमा नजरअन्दाज गर्न सकेका छैन् सुदुरपश्चिम समाजका उपाध्यक्ष करुणा नेपालले भनिन्, त्यसैले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु पनि छन् भनेर जनप्रतिनिधिहरुलाई महसुस र यो समुदायको बारेमा जानकारी दिलाउनका लागि नृत्य प्रस्तुत गरेका हौ ।” नेपालले पितृसतात्मक सोचका कारणले विभिन्न खालका कुरिति र लैंगिक हिंसा हुने गरेको बताउदै आआफ्ना सोचमा परिवर्तन ल्याउन आग्रह गरिन् ।

कार्यक्रममा महिला सांसदहरु, सात नम्बर प्रदेशका स्थानिय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाल निकायको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस्
702
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.