यौनिक तथा लैंगिक अल्पसंख्यक कानुनी शिविरबाट लाभान्वित

यौनिक तथा लैंगिक अल्पसंख्यक कानुनी शिविरबाट लाभान्वित

रुपन्देही (पहिचान) चैत्र २४ – पहुँच परियोजना अन्तरगत युके एड,सर्च फर कमन ग्राउण्ड,कानुन अन्वेषण तथा स्रोत केन्द्र(सेलर्ड)रुपन्देहीको आयोजना र सिद्धार्थ नगरपालिका वडा नं ३ को सहआयोजनामा एक दिने कानुनि शिविर सम्पन्न भएको छ ।

समाजमा रहेका विपन्न सिमान्तकृत समुदाय तथा कानुन सम्बन्धि अनविज्ञ व्यक्तिहरुलाई कानुनी र न्यायमा पहुँच पुरयाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । सिद्धार्थ नगरपालिकाकी उप प्रमुख उमा काफ्लेले समाजमा पछाडि परेको समुदाय तथा न्यायमा पहुँच नपुगेका व्यक्तिहरुलाई कानुनी शिविरले ठुलो भुमिका खेल्ने बताइन ।

शिविर कार्यक्रममा बोल्दै उप प्रमुख काफ्लेले यस्ता खालका कार्यक्रममा सिद्धार्थ नगरपालिकाले स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्था, आमा समुह, क्ल्बहरु र कानुन व्यबसायहरुसंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताइन । उनले वडा नं ३ का महिलाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई सहभागी गराएर यस्ता किसिमको शिविर आयोजना गरेर कानुन सम्बन्धि ज्ञान नभएका व्याक्तिमा जनचेतना जगाउने काम गरेकोमा प्रशंसा गरिन ।

उप प्रमुख काफ्लेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य पनि यहि समाजका नागरिक भएको हुँदा यो समुदायको अधिकारको लाडाईमा आफु निस्वार्थ भावानाले लागी पर्ने वताइन ।

सिद्धार्थ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलको अध्याक्षता, सिद्धार्थ नगरपालिकाकी उप प्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यता, कानुन व्यवसायका तुल्सीराम ढकालको आतिथ्यता तथा सिद्धार्थ नगरपालिका वडा नं ३ की महिला सदस्य रुप मायाँ पुनको संचालनमा सम्पन्न शिविरमा विभिन्न समुदाय संगै तेस्रोलिंगी समुदायले पनि शिविरको लाभ लिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.