समानता दिने तर, विवाहको अधिकार नदिने भन्ने पनि हुन्छ ? : सांसद प्रकाश स्नेहीको प्रश्न

समानता दिने तर, विवाहको अधिकार नदिने भन्ने पनि हुन्छ ? : सांसद प्रकाश स्नेहीको प्रश्न

947
SHARES

काठमाडौं (पहिचान) चैत्र २५ – सांसद प्रकाश स्नेहीले समानताको अधिकार पाइसकेका समलिंगी तेस्रोलिंगीलाई विवाहको अधिकारबाट बञ्चित गर्न नसकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा सांसद स्नेहीले लोकतन्त्र भनेकै राज्यको पिधमा रहेका नागरिकको सबलिकरण गर्ने व्यवस्था भन्दै राज्यका पछाडी पारिएका समुदायका समस्यामा अब बाधा झिक्न नहुने बताए ।

‘नागरिकका रुपमा स्वीकार गरेर संविधानले नै समलिंगी तेस्रोलिंगीलाई समानताको अधिकार दिइसकेको अवस्था छ,’ सांसद स्नेहीले प्रति प्रश्न गरे, ‘समानता दिने तर विवाहको अधिकार नदिने भन्ने पनि हुन्छ ?’ उनले समानता भनेकै सबै अधिकारको समान उपभोग भएको भन्दै विवाह व्यक्तिको नैसर्गिक अधिकार भएकाले समलिंगी वा तेस्रोलिंगीले आफ्नो छनौंट अनुसार विवाह गर्न पाउनुपर्ने बताए ।

‘विवाहपछि कानुनको दायरामा सबैले बस्नुपर्छ, त्यसकारण पनि समलिंगी तेस्रोसिलंगीलाई विवाहको अधिकार आवश्यक छ,’ स्नेहीले भने । स्नेहीले दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु समुदाय पनि पिछडिएको भन्दै सबैभन्दा पिधमा समलिंगी तेस्रोलिंगी रहेको बताए ।

‘सबैभन्दा पीडित नैं समलिंगी तेस्रोलिगी भएकाले उनीहरुलाई राजनीतिक, आर्थिक, प्रशासकीय र अन्य समाजिक क्षेत्रमा समेत समावेस गर्दै उनीहरुलाई असमान भएको ‘फिलिङ’बाट बाहिर निकाल्नुपर्छ,’ स्नेहीले भने, ‘जवसम्म देशका हरेक नागरिकले समान महसुस गर्दैनन् तवसम्म देश विकास भएको मान्न समेत सकिदैन ।’

उनले समलिंगी तेस्रोलिंगी सहित आम नागरिकलाई समान महसुस गरायउनु समृद्धिको पहिलो सर्त भएको बताए ।

समाचार शेयर गर्नुहोस्
947
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.