तेस्रोलिंगीको क्षमता वृद्धिका लागि मिस पिंक प्रतियोगिता हुने

तेस्रोलिंगीको क्षमता वृद्धिका लागि मिस पिंक प्रतियोगिता हुने

काठमाडौं (पहिचान) चैत्र २६ – समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका दिन मिस पिंक प्रतियोगिता २०१८ हुने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले मे १७ तारिखका दिन मिस पिंक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तेस्रोलिंगीहरुको क्षमता वृद्धिका लागि मे १७ मा प्रतियोगिता गर्ने तयारी सुरु भएको नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी समुदायको मानवअधिकार र एचआइभी रोकथाममा प्रतियोगिताले सहयोग गर्ने विश्वास गरिएको ढकालले वताइन ।

यो बर्षको मिस पिंक सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाइने नेपालमा भएको पहिलो मिष्टर गे हेन्डसमका उपाधी विजेता विश्वराज अधिकारीले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अनुसार मिस पिंक हुने १७ तारिखमा तेस्रोलिंगी पीडा समेटेर रचिएको जिउँसो आकाश नामक नाटक मञ्चन गरिने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । जिउँदो नाटक मञ्चनमा नीतिक निर्माण तहमा रहेका संघीय संसदका सांसद, प्रदेश सभाका सांसद, सरकारी कर्मचारी, मानवअधिकारवादी लगायत सहभागी हुने ढकालले जानकारी दिइन ।

नील हिरा समाजले हरेक बर्षको मो १७ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको भिजिविलिटि गराउँदै जनचेतना मुलक विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघि सन् २०१६ मा भएको मिस पिंक प्रतियोगिताको उपाधी एनी लामाले जितेकी थिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.