निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रौतहटमा २ हजार यौनिक अल्पसख्यक, बजेट विनियोजन गर्न स्थानीय सरकारसँग माग

रौतहटमा २ हजार यौनिक अल्पसख्यक, बजेट विनियोजन गर्न स्थानीय सरकारसँग माग

682
SHARES

रौतहट (पहिचान) चैत्र २७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय तहका सरकारसँग बजेट विनियोजन गर्न माग गरेका छन् । नील हिरा समाजको शाखा कार्यालय रौतहटले स्थानीय तहका सरकारसँग आफ्नो समुदायका लागि बजेट विनियोजन गर्न माग गरेको हो ।

नील हिरा समाजको शाखा कार्यालय सप्तरंगी नेपाल रौतहटकी अध्यक्ष नेहा पटेलले सन् २००९ यत चन्द्रपुर नगरपालिकाले एक पटक २० हजार रुपैयाँ विनियोजन गरेको वताइन । “चन्द्रपुर नगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकोबारेमा स्कुलका शिक्षक र बिद्यार्थीलाई जनचेतना जगाउन बजेट विनियोजन गरेको थियो पटेलले भनिन, त्यस पछि स्थानीय तहबाट एक रुपैयाँ पनि बजेट विनियोजन भएको छैन ।”

एचआइभी रोकथामका लागि निशुल्क कण्डम वितरण र यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारमा काम गर्दै शाखा कार्यालय रौतहटले सुरुका दिनमा एरिया तोकेर गाउँ गाउँमा सेवा विस्तार गर्न नदिएको तितो अनुभव रहेको वताएको छ । केही व्यक्तिहरुले समुदायका व्यक्तिलाई गाउँ गाउँमा नजान भनेको अध्यक्ष पटेलले वताइन ।

“अहिले एरिया तोकेर नजानु त भन्दैनन्, तर बाटोमा हिड्दा लाञ्छना लगाउने शब्दहरु प्रयोग गर्छन पटेलले भनिन, हामी सबैको मन जितेर गाउँ गाउँमा सेवा विस्तार गर्न लागिरहेका छौ ।” स्थानीय सरकारले नै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सम्बोधन गरेर नीति, कार्यक्रम र योजना बनाए लुकेर बसेका समुदायका सदस्यलाई खुलेर आउन सहज हुने पटेलको विश्वास छ ।

नील हिरा समाजको शाखा कार्यालय रौतहटका अनुसार २ हजार समुदायका सदस्य सम्पर्कमा आएका छन् । त्यसमध्ये ५ सय तेस्रोलिंगी र ८ सय समलिंगी पहिचान सहित खुलेर आएका कार्यक्रम संयोजक सुरज लिम्बुले वताए । सरकारले नै विशेष कार्यक्रम ल्याए लुकेर बसेका अरु धेरै समुदायका सदस्य खुलेर आउने उनको भनाई छ । उनले अरु सरह समुदायका लागि समान अधिकार दिन र समलिंगी विवाहलाई कानुनी मान्यता दिन सरकारसँग माग पनि गरे ।

समाचार शेयर गर्नुहोस्
682
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.