पहिचान सहकर्मी गौरी नेपाली एसोसिएट प्रदेश समितिको सदस्यमा निर्विरोध

पहिचान सहकर्मी गौरी नेपाली एसोसिएट प्रदेश समितिको सदस्यमा निर्विरोध

काठमाडौं (पहिचान) बैशाख १८ – पहिचान सहकर्मी गौरी नेपाली नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको केन्द्रीय सदस्यमा निर्विरोध भएकी छन् । २१ सदस्यीय प्रदेश समितिको अल्पसंख्यक सदस्यमा गौरीको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएकी हुन् । प्रदेश समितिको उपाध्यक्ष पद बाहेक अरु पदमा एक एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेकाले बैशाख २२ गते चुनाव हुँदैछ । अरु पदमा दावी विरोध कसैको नपरेकाले निर्विरोध निर्वाचित हुने नेपाल पत्रकार महासंघको निर्वाचन समितिकी सदस्य अनिता विन्दूले जानकारी दिइन । चुनाव सकिएको भोली पल्ट निर्विरोध निर्वाचित भएकाहरुको घोषणा हुने विन्दूले वताइन ।

गौरी नेपाली विगत ६ बर्षदेखि पहिचान मिडियामा आवद्ध छिन् । पत्रकारिता मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि वकालत गर्दै आएकी गौरी यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालमा कार्यक्रम अधिकृतको रुपमा समेत कार्यरत छिन् ।

अनलाइन पत्रकार संघकी सदस्य गौरी एसोसिएट प्रदेशको सदस्यमा निर्विरोध निर्वाचित भएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले बधाइ दिएका छन् । सहकर्मी नेपाली पत्रकार महासंघको एसोसिएट प्रदेशको केन्द्रीय सदस्य भएकोमा पहिचान मिडियाले पनि बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।

पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको सदस्यमा निर्विरोध भएपछि गौरीले पत्रकारिता मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवालहरुलाई सशक्त रुपले अगाडी बढाउने जिम्मेवारी मिलेको वताएकी छन् । सबैको साथ र सहयोग लिदै यस जिम्मेवारीलाई सक्रियताका साथ निभाउने गौरीको प्रतिवद्धता छ । उनले अल्पसंख्यक समुदायलाई समाज तथा राज्यसँग जोडने कार्यमा आफ्नो थप भूमिका रहने वताइन । नागरिक दैनिकका केपी ढुङ्गाना अध्यक्षमा निर्विरोध भएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.