“जव तेस्रोलिंगीलाई कुटन आएका पुरै गाउँले मानवीयता बुझेर फर्किए”

“जव तेस्रोलिंगीलाई कुटन आएका पुरै गाउँले मानवीयता बुझेर फर्किए”

काठमाडौं (पहिचान) बैशाख २० – अर्घाखाँचिको गलकोटमा एक तेस्रोलिंगी पुरुषले एक महिला मन पराए । गाउँलेले तेस्रोलिंगी पुरुषलाई गम्भीर कुटपिट गरी उनीहरुलाई छुटाउने प्रयत्न गरे । नील हिरा समाज रुपन्देहीको मानवअधिकार तथा पहिचान मिडिया टोली गलकोट पुग्यो । २०७४ साल भदौ २० गतेको यो घटना नील हिरा समाजको नर्वेजियन परियोजनाले कास्कीको पोखरामा गरेको समिक्षा भेलामा प्रस्तुत भएको हो ।

तेस्रोलिंगी पुरुषका पक्षमा वकालत गर्ने टोली आयो भन्ने खबर पाउनासाथ गाउँलेहरुको टोली जम्मा भएर कुटन आए । ‘हामी पुगेको खबर पाउनसाथ पुरै गाउँ उठेर हामीलाई कुट्न आयो, उनीहरुले प्रशासनमा समेत खवर गरेकाले हाम्रो पछि पछि प्रहरी पनि आएका थिए,’ पहिचान प्रतिनिधि विनोद वीसीले भने, ‘जव हामीले वास्तविक कुरा बताउन थाल्यौं, उनीहरुले केटी केटीबीच पनि यस्तो हुन्छ र भनेर प्रश्न गरे, हामीले तपाईको छोरी भगाउने केटी केटाको मन गरेको हो भनेर बुझाए पछि त्यहाँका भद्रभलादमीले जिम्मा लगाएर पठाए ।’

‘महिला महिलाबीच पनि बैवाहिक सम्बन्ध हुन्छ भन्दै उनीहरु हामीविरुद्ध खनिएका थिए, हामीले कुरा बुझाउन समेत नपाउने अवस्था आएको थियो,’ बिसीले भने, ‘प्रहरीको रोहबरमा हामीले पहिचान मिडियाबाट भनेपछि केही मत्थर भए, त्यसपछि मात्र हामीले उनीहरुलाई कुरा बुझाउन पाएका थियौं ।’ स्थानीयले सबैकुरा मानेर पनि महिला महिलाबीच कसरी विवाह हुन्छ भन्दै जिद्दी कसेपछि हामीले शरिर महिला भएपनि पुरुषको भावना भएका कारण उनीहरुबीच प्रेम सम्बन्ध भएको बुझाएको बिसीले वताए ।

‘त्यसपछि स्थानीय अगुवाले तिमीहरुबीच साँचै प्रेम भएको हो तिमीहरु विवाह नैं गछौं भनेर सोध्दा दुबैले हो भनेपछि बल्ल स्थानीय सहमत भएका थिए,’ बीसीले भने । गौतमबुद्ध विद्यालयमा एकजना तेस्रोलिंगी महिला कक्षा ८ मा पढिरहेको पहिचान भएको र ती तेस्रोलिंगी अहिले नील हिरा समाजको सम्र्पकमा आइरहेको उनले वताए । ‘उनीपनि हाम्रो सम्पर्कमा आएपछि खुसी भएकी छन्,’ बीसीले भने ।

उनले समलिंगी तेस्रोलिंगीका पाँच प्रकार हुन्छन भनेर अझै बुझाउँदै हिड्नु परेको सुनाए । पहिचानकै आधारमा लुम्बिनी प्रेस क्लवले सदस्य दिएको उनले जानकारी दिए । ‘रुपन्देहीमा ६ महिनाको अवधीमा ५० जना यौनिक तथा लैंगिक अल्पसंख्यक खुलेर आएका छन् उनले भने, तेस्रोलिंगी सन्तु पुनको रेष्टुरेन्टमा २५ जना समुदायका व्यक्तिले रोजगारी पाएका छन् ।’ छोरा सरह तेस्रोलिंगी पुरुष पैतृक सम्पत्तीबाट बञ्चित हुनु परेको विसीले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.