कान्स पुगिन अंजली लामा

कान्स पुगिन अंजली लामा

काठमाडौं (पहिचान) बैशाख २४ – बिश्व बिख्यात अन्तराष्ट्रिय चलचित्र महोत्सव कान्समा पहिलो पटक तेस्रोलिंगी मोडल अंजली लामाले सहभागिता जनाएकी छन् । चलचित्र प्रर्दशनीसँगै हुने फेशन शोमा सहभागी हुने अंजली नेपालकी एक्ली तेस्रोलिंगी मोडल हुन् । यो फेशन शोमा एसिया सहितका सात वटै महादेशका मोडलहरुको सहभागीता रहनेछ ।

लामाको साथमा नेपाली डिजाइनर मिसु श्रेष्ठले पनि सहभागीता जनाएका छन् । तीन दिने फेशन शोका लागि नेपालबाट प्रतिनिधि गर्ने अंजली चर्चित व्यक्तित्व समेत बनेकी छन् । बिश्व चर्चित सेलिव्रेटी, चलचित्र निर्माता, कलाकारको जमघट हुने यो महोत्सवमा दुई प्रकारका कार्यक्रम हुनेछ । पहिलो विभिन्न चलचित्रको प्रदर्शनी हुनेछ भने अर्को विभिन्न मनोरञ्जनात्मक कार्यक्रम साथमा फेशन शो समेत हुनेछ ।

फ्रान्सबाट पहिचानसँग कुरा गर्दै तेस्रोलिंगी मोडल अंजलीले कान्समा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गर्दै सबैको मायाले यहाँसम्म आइपुगेको वताइन । उनले सहयोगी, शुभचिन्तक सबैलाई धन्यवाद समेत दिएकी छन् ।

उनी भारतमा भएको ल्याक मि फेशन शोमा सहभागी भएपछि एका एक चर्चामा आएकी नेपालकी तेस्रोलिंगी मोडल हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.