मिस पिंकका लागि छनौट भएका १८ जना तेस्रोलिंगी महिला प्रशिक्षणमा

मिस पिंकका लागि छनौट भएका १८ जना तेस्रोलिंगी महिला प्रशिक्षणमा

काठमाडौं (पहिचान) बैशाख २४ – मिस पिंक प्रतियोगिताका लागि छनौट भएका १८ जना तेस्रोलिंगी महिलाको प्रशिक्षण सुरु भएको छ । देशभरबाट प्रतियोगितामा सहभागी हुन फारम भरेका मध्ये छनौट भएका १८ जनाको प्रशिक्षण सुरु भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय विरुद्ध हुने घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका दिन मे १७ मा मिस पिंक प्रतियोगिता हुनेछ ।

प्रतियोगिता यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले आयोजना गर्न लागेको हो । प्रशिक्षणमा छनौट भएकाहरु नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्छन । उनीहरुलाई कोरियोग्राफर राजेश लामा, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय महासंघ नेपालकी कार्यक्रम संयोजक सिमरन सेरचन, पूर्व मिस पिंक एनी लामा लगायतले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको विशेष भूमिका कोरियोग्राफर राशेलले निर्वाह गरेका छन् ।

पहिला खुलेर आउन डराउने, बोल्न नमान्नेहरु अहिले निर्धक्क आफ्नो पहिचान दिन हिच्किचाउँदैनन् । प्रतियोगितामा छनौट भएकाहरु मध्ये कोही संचारमाध्यममा आउन नचाहने छन् कि ? भन्ने पहिचानको जिज्ञासामा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, अहिले सबै खुलेकै तेस्रोलिंगी महिला छन्, उनीहरु आफ्ना कुरा निर्धक्क भन्छन् ।

प्रतियोगिताका लागि छनौट भएकाहरुले मिस पिंकको ताज पहिरिनु भन्दा पनि यो स्टेज पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको वताएका छन् । केही प्रतियोगिले मिस पिंकको ताज नै आफूले पहिरिने विश्वास गरेका छन भने केहीले आफ्नो नाम र ठेगाना मात्रै भनेका छन् । जन्मदा पुरुष तर हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउभाउ हुनेलाई तेस्रोलिंगी महिला भनिन्छ ।

मिस पिंकका लागि छनौट भएकाहरुको नामावली
१ अनिषा धमला धनगढी
२ नैना राउत विरगंज
३ रबिना नेपाल इलाम
४ आकृति क्षेत्रि दमक
५ अवन्तीका घर्ति मगर बुटवल
६ रबिना तामाङ सिन्धुपाल्चोक
७ अन्जेल लामा काठमाडौं
८ आकांक्षा गुरुङ चितवन
९ इशा नेपाल काठमाडौं
१० सिम्पल बिष्ट दाङ
११ साहिरा लामा काठमाडौं
१२ मनिषा लामा सर्लाही
१३ सोफिया लामा काठमाडौं
१४ काजोल बुडाथोकी सिन्धुली
१५ रुबिना भुजेल झापा
१६ मुस्कान गुरुङ लमजुङ
१७ सपनी राना पोखरा
१८ सुष्मा रानाभाट चितवन

हेर्नुहोस फोटो 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.