पहिचान सहकर्मी गौरी सहित पत्रकार महासंघ एसोसिएट प्रदेश समितिलाई प्रमाणपत्र प्रदान

पहिचान सहकर्मी गौरी सहित पत्रकार महासंघ एसोसिएट प्रदेश समितिलाई प्रमाणपत्र प्रदान

bty

काठमाडौं (पहिचान) बैशाख २५ – नेपाल पत्रकार महासंघले एसोसिएट प्रदेश समितिका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको छ । बैशाख २२ गते भएको निर्वाचनमा निर्विरोध निर्वाचित एसोसिएट सहित प्रतिष्ठान, उपत्यका समितिका पदाधिकारी र सदस्यलाई महासंघ केन्द्रीय कार्यालयमा खादा र टिका लगाइदिएर प्रमाण पत्र प्रदान गरिएको हो ।

एसोसिएट प्रदेश समितिको अध्यक्ष केपी ढुङ्गाना सहित २१ सदस्यीय कार्य समितिमा पहिचान सहकर्मी गौरी नेपाली पनि निर्वाचित भएकी हुन् । संघिय संरचना अनुसार भएको निर्वाचनमा तीन वटा प्रदेशका नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई महासंघ अध्यक्ष गोविन्द आचार्य र निर्वाचन समितिकी संयोजक बस्नेतले प्रमाण पत्र प्रदान गरेका हुन् ।

संघिय संरचना अनुसार देशमा ७ वटा प्रदेश छन भने पत्रकार महासंघमा ७ प्रदेशसँगै एसोसिएट, उपत्यका र प्रतिष्ठानको छुट्टा छुट्टै प्रदेश समिति गरेर १० वटा प्रदेश रहेका छन् । निर्वाचित पदाधिकारी र सदस्यलाई संयोजक बस्नेतले शपथ समेत खुवाइन ।

शपथको व्यहोरा

गौरी नेपाली (आ आफ्नो नाम ) नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको सदस्य (अल्पसंख्यक) (आ आफ्नो पद) पदमा पूर्ण वफादार रही, सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि प्रेस स्वतन्त्रताको रक्षा गर्दै, स्वच्छ, व्यवसायीक, मर्यादित र जिम्मेवार पत्रकारिताको विकासका लागि प्रतिवद्ध रहने छु । म सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नागरिक अधिकारलाई आत्मसात गर्दै, नेपाल पत्रकार महासंघको विधानको अधिनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमान्दारी साथ आफ्नो कर्तव्य पालना गर्नेछु ।

सपथ ग्रहण पछि नागरिक दैनिकको शुक्रवारका सम्पादक रहेका एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुङ्गानाले नेपाल पत्रकार महासंघको विधान अनुसार अरु प्रदेश समिति भन्दा आफू निर्वाचित समिति समावेशी रहेको वताए । उनले अहिले देशको केन्द्र सरकारले प्रदेश सभालाई गरे जस्तो सबै अधिकार केन्द्रमा मात्रै नराख्न महासंघको केन्द्रीय नेतृत्वलाई आग्रह गरे ।

“स्रोत साधन केही पनि नदिने र काम गरेन मात्रै भन्ने नहोस् उनले भने, केन्द्रको सहयोग पाएमा मेरो नेतृत्वको समितिले पत्रकारको क्षमतावृद्धि लगायतका कार्यक्रम गर्न सक्छ ।” पहिचान सहकर्मी गौरी यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालको कार्यक्रम अधिकृतको रुपमा समेत काम गर्दै आएकी छन् । उनी यौनिक तथा लैंगिक अल्पसंख्यकसँगै दलित अधिकारका बिषयमा समेत कलम चलाउछिन् ।

bty
bty
bty
bty
bty
bty
bty
bty
bty

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.