नेपाल प्रहरीको जागिर त्यागेर कपाल काट्ने व्यवसाय (भिडियो कुराकानी)

नेपाल प्रहरीको जागिर त्यागेर कपाल काट्ने व्यवसाय (भिडियो कुराकानी)

bdr

काठमाडौं (पहिचान) बैशाख ३० – राज हुसेनले नेपाल प्रहरीको जागिर छाडेर कपाल काट्ने पेशा अपनाएका छन् । फरक यौनिकता भएकै कारण नेपाल प्रहरी भित्रै मुद्धा मामिलामा परेर न्याय पाएका हुसेनले अन्तत कपाल काट्ने पेशा सुरु गरे पछि आफू स्वतन्त्र भएको महसुस गरेका छन् ।
उनले काठमाडौंको महाराजगंज नारायणगोपाल चोक नजिकै टम बोय हेयर सलुन आजदेखि संचालन गरेका हुन् । उनले संचालन गरेको सलुनमा हेयर कट, फेसियल, हेयर कलर, हेयर डिजाइन, हाईलाइट, डेडलक लगायतका सेवा उपलव्ध छ ।

आफ्नो सलुनमा महिला, पुरुषसँगै फरक यौनिकता भएका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीलाई कपाल काट्न सहज हुने हुसेनले वताए । जनपथ प्रहरीमा १२ बर्ष अगाडि सेवा प्रवेश गरेका हुसेनले ट्राफिक प्रहरीमा रहेर पनि सेवा गरे । उनले स्वच्छिक अवकास लिदाँ भने जनपथ प्रहरीमै आवद्ध थिए ।

“कपाल काट्ने पेशा गर्न सानै देखि रहर थियो पहिचान अनलाइनसँग हुसेनले भने, आजदेखि सलुन संचालन गर्न पाउँदा स्वतन्त्र भएको महसुस समेत गरेको छु ।” उनले कपाल काट्ने ठाउँको महिनावारी भाडा बुझाएर विहान वेलुकाको छाक टार्ने आम्दानी भए पुग्ने वताए। परिवारमा माइलो सन्तानको रुपमा जन्मेका राजका एक दिदी र दुई भाइ मात्रै छन् । उनका कान्छा भाइ नाजिर हुसेन चलचित्र क्षेत्रमा संक्रिय छन् । राजले भाई नाजिरबाट साथ सहयोग पाइरहेको वताए ।

उनले आफ्नो पेशा संचालनका लागि सहयोग गरेकोमा नील हिरा समाज, प्रहरी वृत्त महाराजगंजलाई धन्यवाद दिएका छन् । दुई महिना हेयर कटिङको तालिम लिएर आजदेखि सलुन संचालन गरेका हुसेनले बिषेश गरी यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिलाई आफ्नो सलुनमा कापाल काट्न सहज हुने वताए ।

हुसेनले समलिंगी विवाहको कानुन बनेमा सबैभन्दा पहिलो समलिंगी विवाह गर्ने वताए । उनको भनाई सरकारले छिटो समलिंगी विवाहको कानुन बनाओस भन्ने तर्फ लक्षित समेत रहेको छ । “चिन्नेहरुले टम बोय नामैले पनि चिन्छन् उनले भने, समलिंगी तेस्रोलिंगी अन्तरलिंगीका लागि खुलेर कुरा गर्न, बोल्न मेरो सलुनमा अरुमा भन्दा सहज हुन्छ ।” उनले आफै समुदायको व्यक्ति भएकाले अरु सलुनमा जस्तो असहज महसुस गर्नु नपर्ने वताए । राज हुसेनको लैंगिक पहिचान तेस्रोलिंगी पुरुष हो ।

bty
bdr
bty
bty
bty
bty
bty
bty
bty
bty
bty
bty
bdr
bdr
bdr
bty
bty
bty
bty
bty
bty
bty

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.