समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइदै

समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइदै

काठमाडौं (पहिचान) जेठ ३ – समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । दिवसको अवसरमा संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयमा आज विहान इन्द्रेणी रंगको झण्डा फहराइनेछ । राष्ट्र संघको नेपाल कार्यालयले विहान १० बजे झण्डोत्तलन गर्न लागेको जनाएको छ ।

नील हिरा समाजले आजै दिउँसो ४ बजे दिवसको अवसरमा मिस पिंक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा हुनेछ । यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारको क्षेत्रमा कृयाशिल अरु विभिन्न संघ संस्थाले पनि आ आफ्नै तरिकाले यो दिवस मनाउने जनाएका छन् ।

दिवसको अवसरमा आज हुने मिस पिंक कार्यक्रममा १८ जना तेस्रोलिंगी महिला यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गर्दै स्टेजमा प्रस्तुत हुने नील हिरा समाजले जनाएको छ ।

उनीहरुले समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार, समाजमा रहेको अन्धविश्वास, संविधानमा लेखिएको अधिकार, समलिंगी विवाहले कानुनी मान्यता नपाउँदा भोग्नु परेको समस्या उजागर गर्नेछन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.