बिश्व संचालनको नेतृत्व यहि समुदायले गर्छ : अध्यक्ष गुरुङ

बिश्व संचालनको नेतृत्व यहि समुदायले गर्छ : अध्यक्ष गुरुङ

bty

काठमाडौ (पहिचान) जेठ ५-मे १७ सन् १९९० बिश्व स्वास्थ संगठनले हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मानसिक रोगको सूचीबाट हटाएको दिन, हाम्रो यौन अभिमुखीकरण र लैंगिक पहिचानलाई प्राकृतिक हो भनि घोषणा गरेको दिन, यसै दिनको अवसरमा आज बिश्वभरि बिभिन्न कार्यक्रम भैरहेका छन र हामीले पनि यसै दिनको अवसर पारेर मिस पिंक २०१८ को कार्यक्रम राखेका हौ । आशा छ तपाईहरुले मनपराउनु हुनेछ ।

सन् २००१ मा नील हिरा समाज स्थापना भै सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार र जीवन परिवर्तनको लागि काम गर्दै आइरहेको छ । यस मिस पिंक २०१८ कार्यक्रम पनि तेस्रोलिंगी समुदायको क्षमता अभिबृद्धि र सर्बाङ्गिन विकास गर्दै तेस्रोलिंगी समूदयामा हुने सामाजिक घृणा कम गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुमा महिला र पुरुष दुबैमा हुने गुण, क्षमता र आत्माअनभूति हुन्छ । महिला र पुरुष दुबैको शारीरिक र मानशिक गुण र क्षमताको कारण हामी भित्र बिशिस्ट क्षमता पनि हुन्छ । अनि शरिलेले काम गर्ने र दिमागले सोच्ने क्षमता पनि महिला र पुरुष भन्दा बढी हुन्छ । त्यसैले त परापुर्वकालदेखि आजसम्म संसार भरि बहुआयामिक र बहुप्रतिभाशाली व्यक्तिहरु यहि समुदायबाट हुने गर्छन ।

हो यस मिस पिंक २०१८ कार्यक्रम पनि तेस्रोलिंगी समुदाय भित्र रहेको क्षमतालाई प्रफुष्टन गर्दै क्षमताको आधारमा राज्यको बिभिन्न निकायमा सहकार्य गर्दै लैजाने हाम्रो उद्धेश्य हो । बिगत सन् २००३ देखि आजसम्म आइपुग्दा बिभिन्न बर्ष, दिन र अवसर पारेर यस्ता खालका कार्यक्रम गर्दै आइरहेका छौ ।

सन् २००३ देखि आजसम्म आइपुग्दा यस्ता खालको कार्यक्रमले थुप्रै परिवर्तन र प्रगतिको फड्को पार गरिसक्यो । अनि धेरै व्यक्ति र समुदायको अवस्था परिवर्तन गर्नका लागि यस कार्यक्रमले ठुलो भूमिका निर्भाह गर्दै आइरहेको पनि छ । प्रारम्भमा केवल वकालत गर्ने उद्धेश्यले आयोजना गर्ने गरिएको यस मिस पिंक आजसम्म आइपुग्दा हरेक तेस्रोलिंगीहरुको जीवनको लक्ष्य बनेको छ । थुप्रै समुदायको जीवन परिवर्तन गर्न सफल भैसकेको छ ।

आफ्नो जीवनको पहिलो क्याटवाक यसै मिस पिंक बाट सुरु गरेकी हाम्री सहकर्मी अन्जली लामाले मोडलिङको क्षेत्रमा अन्तर्रािष्ट्रय छलांग मार्दै एउटा इतिहास रच्न सफल भैरहेकी छिन । भारतको ल्याक्मे फेसनको १८ बर्षे इतिहासमा पहिलोपल्ट तेस्रोलिंगी मोडल नेपालको तर्फवाट छनौटमा पर्दै भर्खर मात्रै फ्रान्समा आयोजना भएको क्यान्स फेस्टिभलमा सहभागी भएर आउनु भएको छ । यसै गरि मिस पिंक २००७ को बिजेता भूमिका श्रेष्ठ पनि बिभिन्न सामाजिक राजनीतिक र चलचित्रको क्षेत्रमा चर्चित छिन भने नेपालको पहिलो मेकअप आर्टिस्ट सोफी सुनुवार र पहिलो रेस्टुरेन्ट ब्यबसायी मेघना लामा समेत स्थापित भै सकेकी छिन । यी व्यक्तित्वहरु समुदाय र समाजका लागि रोल मोडल भै सकेका छन । तेस्रोलिंगी समुदायहरुलाई नकारात्मक रुपमा हेर्नेका लागि एउटा उदाहरण बन्न सफल भएका छन । मलाई गर्व लाग्छ नील हिरा समाजले यस्ता व्यक्तित्वहरुको जन्म गरायो ।

यस्ता थुप्रै सुख र गर्वका कुरा गरिरहदा अझ पनि थुप्रै दुखका बेदनाहरु छन । हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै पनि समाजले तिरस्कार,बहिस्कार र घृणा गर्ने गर्दछ । हाम्रो अधिकारहरु अक्षरस संबिधानमा लेखिए तर अझै पनि कार्यान्वयन हुन सकेको छैन । राज्यको हरेक निकायमा तेस्रोलिंगी समुदायहरु खुलेर आउन सकिरहेका छैन । शिक्षा, स्वास्थ र रोजगारीमा अझै हाम्रो पहुच पुगेको छैन । आफुसंग प्रसस्त प्रतिभा र क्षमता हुदाहुदै पनि क्षमता र प्रतिभा देखाउने अवसरबाट बन्चित हुन परेको छ । राज्यले हाम्रो पहिचानलाई परिचय त दियो तर हाम्रो प्रतिभाको सम्मान र सदुपयोग अझै गर्न सकेको छैन । हो यसै प्रतिभाको सदुपयोग गराउनका लागि बिभिन्न सरोकारवाला, राज्य र समाजसंग सहकार्यका लागि एक्यबद्दता भन्ने नारासहित हामी एक छौ । हाम्रो प्रतिभा र क्षमताहरु समुदायमा मात्र सिमित नरहोस् । देश र जनातालाई धेरै योगदान दिन सक्छौ ।

बिश्वभरि नै यौनिक तथा लैंगिक अल्पसंख्यकको अभियानले फड्को मारिरहेको अवस्थामा यदि हामीलाई पनि समान अवसर सहभागिता र प्रतिनिधित्व गराउदै सहकार्य गरि अगाडी बढ्ने हो भने मलाई लाग्छ अवको बिस बर्षपछी नेपाल मात्र होईन बिश्व संचालनको नेतृत्व यहि समुदायले गर्नेछ । त्यसैले आज म आह्वान गर्न चहान्छु सभ्य समतामुलक र समृद्धी देश बिकासका लागि हामीसंग सहकार्य गर्दै अघि बढौ ।

(सहकार्यका लागि एक्यबद्धता भन्ने नारा सहित ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नील हिरा समाजले आयोजना गरेको मिस पिंक २०१८ मा अध्यक्ष पिंकी गुरुङले दिएको मन्तव्यको सम्पादित अंश)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.