यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा पनि गीत गाउँछु : प्रकाश सपूत

यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा पनि गीत गाउँछु : प्रकाश सपूत

काठमाडौं (पहिचान) जेठ १० – गायक प्रकाश सपूतले ब्यवसायिकताको भयले यौनिक तथा लैंगिक अल्पसंख्यकका गीत कलाकारहरुले नगाएको बताएका छन् । मायाँ प्रेमका गीत नै आम स्रोता तथा दर्शकले रुचाउने भएका कारण अन्य विषयले प्राथमिकता नपाएको उनको भनाइ छ ।

“ब्यबसायिकताको त्रासले गर्दा अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका गीत गाइँदैन । आफ्ना स्रोता तथा दर्शक कति छन् र उनीहरुको रुची के छ भनेर मापन गरेर मात्रै गीत गाइन्छ,” गायक प्रकाश भन्छन्, “समाजमा पछि परेको यौनिक तथा लैंगिक अल्पसंखयक अथवा दलित समुदायका गीत गाएको खण्डमा त्यो गीत मेरो स्रोता तथा दर्शकले मन पराउँछन् कि पराउँदैनन् भनेर सोचेको पाइन्छ ।”

ब्यबसायिकताको हिसावले मायाँ पिरतीका गीत जस्तै समाजमा चेतना फैलाउन गीत पनि रुचाइने हो भने लैंगिक अल्पसंख्यक तथा दलित समुदायका गीत पनि उत्तिकै संख्यामा बजारमा आउने उनको धारणा छ ।

“बलिउडमा समाज बुझेर, चेतनाको दृष्टिकोणबाट गहिराइमा पुगेर बर्सेनी दर्जनौं चलचित्र बनाइन्छ तर ती सँधै ओझेललमा परिरहेका छन्,” गायक प्रकाश भन्छन्, “तर त्यहाँ सलमान खान र शारुक खानका लाउन मुभी नै रुचाइन्छ । यहाँ हाम्रो गीतसंगीतको कुरा गर्दा पनि भएको त्यही नै हो ।”

चेतनामुलक गीतहरुलाई राज्य तथा सरोकारवाला पक्षहरुले सहयोग गर्नु पर्ने र यस्ता गीत पनि आवश्यक छ भनेर बहसमा ल्याउनुपर्नेमा उनको धारणा छ । समाज परिवर्तनका लागि गाउने सर्जकको अवस्था कमजोर हुने तर स्जेट ओरियन्टेड सर्जकहरुको जीवनशैली रातारात परिवर्तन हुने अवस्था रहेकाले पनि यसलाई बहसको विषय बनाइनु पर्नेमा उनको जोड छ ।

“समाज परिवर्तन र चेतनाका लागि गाइएका गीतले मलाई छुन्छ । समाज परिवर्तनका लागि श्रष्ठाका सिर्जनाले भूमिका खेल्न सक्छन् र सक्नुपर्छ भन्ने मेरो मान्यता पनि छ,” गायक प्रकाश भन्छन्, “मेरो बुझाई र बौद्धिकताले भ्याउँछ या भ्याउँदैन त्यो मलाई थाहा छैन । तर समय र अवसर जुर्यो भने यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा पनि गीत गाउँछु,” उनी भन्छन्, “केही वर्ष अगाडि श्याम रानाजीले तीजको गीत समलिंगी तेस्रोलिंगीका विषयमा गाउनु भएको थियो । त्यसमा मैले पनि सहयोग गरेको थिएँ । उहाँले र मैले कयौं पटकसँगै गीत गाएका छौं । उहाँलाई मैले धेरै सहयोग गरेको छु ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading