यौनिक अल्पसंख्यकको मुद्धालाई प्रदेशसभामा लैजाने सांसद बर्माको प्रतिवद्धता

यौनिक अल्पसंख्यकको मुद्धालाई प्रदेशसभामा लैजाने सांसद बर्माको प्रतिवद्धता

8.4k
SHARES

मकवानपुर (पहिचान) जेठ २३ – प्रदेश नम्वर ३ की सांसद बिजुला बर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धा महत्वपूर्ण भएको बताएकी छन् । फ्रेण्डस हेटौडाको ज्ञापनपत्र बुझेपछि सांसद बर्माले अरु बिषयबस्तु जतिकै यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धाले पनि उतिकै महत्व राख्ने बताएकी हुन् । उनले यो मुद्धालाई सभामुखसम्म पुर्याउने प्रतिवद्धता समेत जनाइन ।

मकवानपुरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सांसद बर्मालाइ नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा १२ वंशिय आधारमा लैंगिक पहिचान सहितको नागरिता, धारा १८ को समानताको हक र धारा ४२ को सामाजिक न्यायको हकलाई कार्यान्वयन गर्दै कानुन बनाउन माग गरे ।

“पहिचान सहितको नागरिकता र पासपोर्ट दिने व्यवस्था सहज होस् उनीहरुले भने, शिक्षा, स्वास्थ्य, रोजगारमा आरक्षणको व्यवस्था गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाइ पनि बजेट बिनियोजन गर्नुपर्छ ।” समुदायका सदस्यहरुले राज्यका हरेक नीति नियममा महिला पुरुषको अधिकार सरह यस बर्गको अधिकारलाइ पनि नछुटाई समावेश गर्न ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली काँग्रेस ३ नम्वर प्रदेश सभाकी सांसद बर्माले प्रदेशसभा बैठकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयलाइ नै मुख्य विषयबस्तु बनाएर सम्बोधन गर्ने आश्वासन समेत दिएकी छन् ।

समाचार शेयर गर्नुहोस्
8.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.