“तेस्रोलिंगी भनेको अर्कै ग्रहबाट आएको एलियन जस्तो लाग्थ्यो”

“तेस्रोलिंगी भनेको अर्कै ग्रहबाट आएको एलियन जस्तो लाग्थ्यो”

एलिसा पोख्रेल/पहिचान – म मदन भण्डारी मेमोरियल कलेजमा बिएसडब्लु प्रथम वर्षमा अध्ययनरत छात्रा हु । म बि।एस।डब्लृ पढने भएकाले सरकारी एवं गैरसरकारी संस्थामा गई २५० घण्टाको समयाअवधि पुरा गर्नृ पर्ने भएकाले म अहिले नील हिरा समाजमा आएकी छु ।

मलाई यस नील हिरा समाजमा आउनु भन्दा अगाडि यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइ) को बारेमा केही थाहा थिएन् । सानो हुदा देखि नै छक्का भन्ने हुन्छन र साधारण मान्छे भन्दा फरक हुन्छन जस्ता कृरा सुनेको मात्र थिए । बिस्तारै अलि ठुलो हुदै जादा छक्का हैन तेस्रोलिंगी भन्नु पर्दो रहेछ भन्ने कृरा थाहा भयो । पहिले पहिले मलाई तेस्रोलिंगी भनेको अर्कै ग्रहबाट आएको एलियन जस्तो लाग्थ्यो । उहाहरुलाई हेर्दा पनि कराउनु हुन्छ जस्तो लाग्थ्यो । शारिरीक रुपमा एक थरी तर भावना फरक हुने भएकाले उहाहरुलाई तेस्रोलिंगी भनिएको रहेछ ।

अहिले यस नील हिरा समाजमा आएपछि तेस्रोलिंगी भन्दा पनि गे (पुरुष समलिंगी), लेस्वियन (महिला समलिंगी), इन्टरसेक्स (अन्तरलिंगी), बाइसेक्सस्युल (दुईलिंगी), ट्रान्सजेण्डर (तेस्रोलिंगी) हुँदा रहेछ भन्ने कुरा थाहा पाए । यस समाजले भोग्नु परेको समस्याबारे थाहा पाए । उहाहरुलाई बाटोमा हिड्दा जिस्काउने, अपशब्द प्रयोग गर्ने, अफिस, विद्यालय जस्ता ठाउमा भेदभाव गर्ने इत्यादी ।

अझै पनि कतिपय ब्यक्तिहरुलाई एलजिबिटिआईको बारेमा थाहा नहुन सक्छ । एलजिबिटिआइको लागि विभिन्न कानुनहरु आए पनि राम्रोसंग लागू भईरहेको छैन् जस्तो लाग्छ । सबै जना मिलि एलजिबिटिआइको हक अधिकारको लागि लड्नुपर्छ । जसले गर्दा उहाहरुलाई आन्नद साथ बाच्न पाउनु हुन्छ जस्तो लाग्छ ।

अहिले म यस संस्थामा प्रशिक्षार्थीका रुपमा आउन पाउदा अति नै खुसी छु जसका लागी म मेरो शिक्षक सुदिप लामा वाइबा सरलाई धन्यवाद भन्न चाहन्छु । यस संस्थाका सबै व्यतिmहरु जो संग म अहिलेसम्म बोले उहाहरु मिलनसार र सहयोगी हुनुहुन्छ । आगामी दिनहरुमा पनि यस संस्थामा आबद्ध रहि उहाहरुको बारेमा जानकारी लिने कोसिस गर्दछु । साथै आफुले गर्न सक्ने सहयोग गर्छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.