एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने (फर्म सहित)

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने (फर्म सहित)

काठमाडौं (पहिचान) जेठ २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ । द लिभिङ डिभाइन फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् ।

फर्म निःशुल्क भर्न सकिने फाउण्डेसनका संस्थापक अध्यक्ष डाक्टर आचार्य ऋषर्भ रेशुले जानकारी दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने नेपालमा नील हिरा समाज पहिलो संस्था हो । द लिभिङ डिभाइन फाउण्डेसन समुदायभन्दा बाहिर काम गर्ने संस्था भएपनि उसले पहिलो पटक यो समुदायलाई सम्बोधन गर्ने प्रयास गरेको हो ।

नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ का दिन तेस्रोलिंगी महिलाको क्षमता अभिवृद्धिका लागि मिस पिंक आयोजना गरेको थियो । समाजले हरेक बर्ष मे १७ का दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

फाउण्डेसनले भने पहिलो पटक आफ्नो स्थापना दिवसका अवसरमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी र अन्य समुदायलाई सहभागी गराएर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुनेले असार १५ गतेसम्म फर्म भर्न पाउनेछन् ।

छनौट भएका प्रतियोगीहरुलाई फोन र ईमेल द्वारा जानकारी गराईने फाउण्डेसनले जनाएको छ । बिजयी प्रतियोगीलाई नगद ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने संस्थाले जनाएको छ । साथै अन्र्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सुर्वण अवसर समेत प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए ।प्रतियोगिता साउन २५ गते राष्ट्रिय नाँचघर जमल काठमाडौंमा हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.