निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने (फर्म सहित)

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने (फर्म सहित)

780
SHARES

काठमाडौं (पहिचान) जेठ २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ । द लिभिङ डिभाइन फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् ।

फर्म निःशुल्क भर्न सकिने फाउण्डेसनका संस्थापक अध्यक्ष डाक्टर आचार्य ऋषर्भ रेशुले जानकारी दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने नेपालमा नील हिरा समाज पहिलो संस्था हो । द लिभिङ डिभाइन फाउण्डेसन समुदायभन्दा बाहिर काम गर्ने संस्था भएपनि उसले पहिलो पटक यो समुदायलाई सम्बोधन गर्ने प्रयास गरेको हो ।

नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ का दिन तेस्रोलिंगी महिलाको क्षमता अभिवृद्धिका लागि मिस पिंक आयोजना गरेको थियो । समाजले हरेक बर्ष मे १७ का दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

फाउण्डेसनले भने पहिलो पटक आफ्नो स्थापना दिवसका अवसरमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी र अन्य समुदायलाई सहभागी गराएर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुनेले असार १५ गतेसम्म फर्म भर्न पाउनेछन् ।

छनौट भएका प्रतियोगीहरुलाई फोन र ईमेल द्वारा जानकारी गराईने फाउण्डेसनले जनाएको छ । बिजयी प्रतियोगीलाई नगद ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने संस्थाले जनाएको छ । साथै अन्र्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सुर्वण अवसर समेत प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए ।प्रतियोगिता साउन २५ गते राष्ट्रिय नाँचघर जमल काठमाडौंमा हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ ।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.