हेटौंडामा तेस्रोलिंगीलाई बजेट : आगामी आर्थिक वर्षमा आयमुलक कामका लागि छुट्याउने आश्वासन

हेटौंडामा तेस्रोलिंगीलाई बजेट : आगामी आर्थिक वर्षमा आयमुलक कामका लागि छुट्याउने आश्वासन

मकवानपुर (पहिचान) असार १ – हेटौंडा उपमहानगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि आर्थिक वर्ष २०७४/७५को बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्षको बजेटमा यौनिक तथा लैंगिक अल्पसंख्यकसहित अल्पसंख्यकहरुका लागि छुट्याएको बजेट विभिन्न कारणले स्वीकृत नभएकोमा अन्तिम समयमा बजेट स्वीकृत भएको हो ।

यसपटकको बजेट वडा प्रतिनिधि र शिक्षकहरुमा चेतना बृद्दिका लागि खर्च गर्ने तयारी गरिएको छ । ‘समाजको दृष्टिकोण अझै पुरातनवादी भएकोले जनचेतना जगाउन आवश्यक भएकाले यसपटक शिक्षक र वडा प्रतिनिधिमा चेतना जगाउन खर्चगरिने छ,’ फ्रेण्ड्स हेटौडाका अध्यक्ष रोशन आलेमगर (वर्षा) ले भने ।

बजेट स्वीकृत गर्ने क्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु यो विषयमा पहिलेदेखि नै जानकार रहेको भन्दै आवश्यक सहयोग जारी राख्ने बताए । ‘अबको आर्थिक बर्षमा आय मुलक र सिपमुलक कामको खाका बनाएर ल्याउनुहोस्,’ मेयर महतले भने, ‘हामी तपाइहरुको क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिप र रोजगारको लागि सधै प्रतिबद्ध छौ ।’ बजेटसहित सहकार्यको प्रस्तावका लागि फ्रेण्ड्स हेटौडा परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले महतलाई धन्यबाद दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.