यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राप्त अधिकारको सदुपयोगमा लाग्न सुझाव

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राप्त अधिकारको सदुपयोगमा लाग्न सुझाव

रुपन्देही (पहिचान) असार ११ – रुपन्देहीका कानुन व्यवसायी सुनिल त्रिपाठीले संबैधानिक र कानुनी अधिकार सहि ढंगले प्रयोग गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आग्रह गरेका छन् । नील हिरा समाज काठमाडौंकोे एनसीएससी परियाजनाको सहकार्यमा नील हिरा समाज रुपन्देहीले आयोजना गरेको शैक्षिक तथा कानुनी शिक्षा विषयक अन्तरक्रियामा कानुन व्यवसायी त्रिपाठीले यस्तो बताएका हुन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुले कुनै गल्ति गरेको खण्डमा पनि आम मानिस सरह नैं कानुनी कारवाही हुन्छ,’ त्रिपाठीलेले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आफुहरुलाई नेपालको संविधानको भाग १२, १८ र ४२ भित्र केन्द्रित रहेर अधिकारको लाडाईमा लाग्न संविधानले नैं छुँट दिएको छ ।’

उनले नेपालको संविधानमा यो समुदायको बारेमा लेखिए पनि कार्यान्वयन नहुनु दुःखद विषय भएको र यसलाई कार्यान्वयन गराउनमा सरकारको ध्यानाकार्षण गराउन नील हिरा समाजसहित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले अहम भुमिका खेल्नुपर्ने बताए ।

रुपन्देहीमा गरिव असाहय, अल्पसंख्यक, पिछडा वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरुका लागी निःशुल्क कानुनी साहायता संचालन गरेको र कुनै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुयलाई पनि कानुनी सहायता चाहिएमा आफुले निस्वार्थ भावानाले कानुनी साहायता प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । ‘देश संघियतामा गएको अवस्थामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विभेद, लान्छाना र दुव्र्यवहार सहेर बस्न हुँदैन,’ त्रिपाठीले भने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.