बिबेकलाई मिष्टर एण्ड मिस रेम्बोमा सोसल च्वाइसको उपाधी

बिबेकलाई मिष्टर एण्ड मिस रेम्बोमा सोसल च्वाइसको उपाधी

काठमाडौं (पहिचान) असार २२ – समलिंगी पुरुष बिबेक मगर तेस्रोलिंगी प्रति धेरै सहज बन्दै गएको समाज समलिंगी र अन्तरलिंगी प्रति पनि सहज बन्दै गएको उदाहरण बनेका छन् । उनले मिष्टर एण्ड मिस रेम्बोको सोसल च्वाइस प्रतियोगिताको उपाधी जितेर पुष्टी गरेका छन् । असार २२ अर्थात आजदेखि सुरु हुने भनेर आजै स्थगित भएको मिष्टर एण्ड मिस रेम्बोको प्रथम चरणको सत्रमा सहभागी हुनु अघि मिष्टर एण्ड मिस रेम्बोको अफिसियल फेसबुक पेज मार्फत लाईक, कमेन्ट र सेयरको आधारमा मगरले उपाधी जितेका हुन् ।

सामाजिक संजाल फेसबुकमा प्रतियोगी नम्वर सहितको फोटो पोष्ट गरेर लाइक, कमेन्ट र सेयरका आधारमा सोसल च्वाइसको उपाधी छनौट भएको आयोजक संस्था द लिभिङ डिभाइन फाउण्डेशनले जनाएको छ । विभिन्न माध्यमबाट युवाहरुबीच आध्यात्मा जागरण गर्दै आएको फाउण्डेशनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि भन्दै मिष्टर एण्ड मिस रेम्बो प्रतियोगिता गर्न लागेको फाउण्डेशनका संस्थापक अध्यक्ष डाक्टर ऋषर्भ रेशुले जानकारी दिए ।

खराब मौसमका कारण असार २२ अर्थात आजदेखि पोखरामा सुरु हुने भनिएको पहिलो सत्र भने एक हप्ताका लागि स्थगित भएको रेशुले बताए ।

१७ जना प्रतिपष्र्धी मध्य समलिंगी पुरुष बिबेक मगरको फोटोले ५८३ लाइक, ५६१ कमेण्ट (प्रतिक्रिया) र ३३१ सेयर गरेर ३ हजार ३ सय ६० रिवार्ड प्राप्त गरेर उपाधी हात पारको हो । यस्तै समलिंगी पुरुष सुशील सुनारले २५० लाइक, २२० कमेण्ट र ४२८ सेयरबाट २ हजार ८ सय ६५ रिवार्ड प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी अछामका अन्तरलिंगी बिपिन कडायतले भने ८२ लाइक, ४० कमेण्ट र १६ सेयरबाट २ सय ४२ रिवार्ड पाएका छन् ।

६ जना तेस्रोलिंगी महिला मध्य सुरज किरण थापाले १३३ लाइक, ७९ कमेन्ट र १७७ सेयरबाट १ हजार १ सय ७६ रिवार्ड पाएका छन् । प्रतियोगितामा सोसल च्वाइसको उपाधी पाउने बिबेक मगरले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो उपाधी मिष्टर एण्ड मिस रेम्बो प्रतियोगिताको उपाधी प्रदान कार्यक्रम साउन २५ गतेनै प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.