मिस वल्र्डको मञ्चमा तेस्रोलिंगी एन्जेला पोन्स सहभागी हुने पक्का

मिस वल्र्डको मञ्चमा तेस्रोलिंगी एन्जेला पोन्स सहभागी हुने पक्का

काठमाडौं (पहिचान) असार २९ – आउँदो मिस वल्र्डमा तेस्रोलिंगीको पनि सहभागिता हुँदैछ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । त्यसो त, मिस वल्र्डमा भाग लिनुभन्दा अघि आफ्नो देशमा मिस युनिभर्स अर्थात देश सुन्दरीको उपाधि जित्नुपर्छ, त्यसपछि मात्रै विश्वभरका प्रतिस्पर्धीसँग स्पर्धा हुन्छ ।

यसपटकको मिस वल्र्डमा स्पेनको प्रतिनिधित्व गर्दै तेस्रोलिंगीको पनि सहभागिता हुन लागेको हो । गएको जुन २९ मा तेस्रोलिंगी २६ बर्षीय एन्जेला पोन्सले स्पेन मिस युनिभर्सको उपाधि जितेकी थिईन् । उनले २० प्रतिस्पर्धीलाई पछि पारेर ईतिहाँस रच्दै स्पेन मिस युनिभर्सको ताज पहिरिईन् । यसबर्षको मिस वल्र्ड प्रतियोगिताको स्थान र मिति तय भईसकेको छैन, तर तेस्रोलिंगी समुदायबाट पहिलो पटक मिस वल्र्डमा भाग लिन लागेकी पोन्सले आफ्ना योजना बनाउन थालिसकेकी छन् । मिस वल्र्डको मञ्चलाई आफ्नो समुदायको हितका लागि प्रयोग गर्ने उनको योजना छ ।

‘सानै उमेरमा तेस्रोलिंगी किशोरकिशोरीहरुले आत्महत्या गर्ने दर बढेको छ’, स्पेनको मड्रिडमा समाचार संस्था एएफपीसँग कुरा गर्दै उनी भन्छिन्, ‘म यसबारे त्यो मञ्चबाट आवाज उठाउनेछु ।’

विश्वभर तेस्रोलिंगीहरुले अहिले पनि बिभेदको सामना गर्नुपरिरहेको भन्दै कानुनी पहिचानका लागि आवाज उठाउने उनले बताईन् । ‘ताज सँधै मै सँग रहनेछ, तर मेरो यो प्रयासले विश्वभरका तेस्रोलिंगी समुदायका लागि अगाडी बढ्न थोरै भएपनि योगदान दिनेछ’, उनी भन्छिन् ।

पहिलो पटक तेस्रोलिंगी स्पेन मिस युनिभर्स भएपछि राजधानी मड्रिडमा एकसाता लामो उत्सवको माहोल देखियो । स्पेनिस सुन्दरीको उपाधि जितेपछि पोन्सलाई बधाई र शुभकामनाको ओईरो लागेको छ । तर कतिपय नारीवादी समुहले आलोचना गर्दै सुन्दरी प्रतियोगिताको निन्दा समेत गरेका छन् । सन् २०१२ देखि मिस वल्र्डमा तेस्रोलिंगीले पनि भाग लिन पाउने गरी नियम संशोधन गरिएकाले पोन्स मिस वल्र्डको मञ्चमा हुने पक्का छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.